back

अन्नपूर्ण केवलकार पाचौं बर्षमा: निशुल्क स्वास्थ शिविरसहित सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न

nactional life

पोखरा । अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ ।

आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार स्थापना कालदेखि नै नियमित सञ्चालनमा रहेको छ। बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुने केबलकार सेवाले सराङकोटबाट सूर्योदय तथा हिमालको दृश्य अवलोकन गर्न जाने पर्यटकको समय बचत गर्दै आएको छ। केवल ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

यसैबीच, प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि जाने दर्शकलाई विशेष सहुलियत स्वरूप प्रति टिकट २५० रुपैयाँमा साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा उपलब्ध गराइँदै आएको छ। पर्यटकको सुविधालाई ध्यानमा राख्दै लेकसाइड क्षेत्रदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनदेखि आउने यात्रुका लागि समेत स्टेशनसम्म आउने–जाने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक कार्यक्रमले केबलकारको सामाजिक प्रतिबद्धता उजागर गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको अन्नपूर्ण केवलकारले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाईन टिकट बुकिङदेखि केवलकार सम्बन्धि सम्पूर्ण जानकारीसहितको एप सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका संचालक चन्द्र बहादुर कार्की कार्कीले जानकारी दिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...