back

पूर्वमन्त्री रामेश्वर फुयाल भन्छन् ‘जनताको थप सेवा गर्न पाइयोस् भनेर नै म उम्मेदवार भएको हुँ’

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।

स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताए । गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत भएका उनले स्थानीयको समस्या पनि राम्रोसँग बुझेका छन् । ‘म दिनरात जनताको सेवामा नै हुन्छु, सके आफैं सहयोग गर्छु नसकेको ठाउँमा कहाँ कसलाई भन्नुपर्ने हो त्यो गरेको छु’ उनी भन्छन् ‘ राजनीतिमा लागेको एउटा व्यक्तिले जे–जे राम्रो काम गर्नुपर्ने हो त्यो सबै गरेको छु भन्ने लाग्छ ।’ उनले आफूसँग केही प्रश्न भए राख्न पनि मतदातालाई आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै नदी संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणका साथै जनताको जनजीविकाको विषयलाई प्राथमिकतामा राखेका छन् । सांसद हुँदा र नहुँदा पनि जनताको घरदैलोमा पुग्ने गरेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीमा नै सबै लाग्नुपर्छ भन्ने छैन तर मत भनें मलाई दिए पुग्छ, तपाइको मतको दुरुपयोग हुने छैन’ उनले भने ‘ म त जनताको सेवक हुँ, यस अर्थमा जनताको नोकर नै भने पनि हुन्छ ।’ उनले हिजो पनि जनताबाट टाढा नभएको र आज पनि जस्तोसुकै अवस्थामा पनि जनतासँग नै रहने स्पष्ट पारेका छन् ।

उनी अहिले चुनावी अभियानको क्रममा गाउँगाउँसम्म पुगेका छन् । गाउँमा मतदाताले गरेका गुनासा र समस्यालाई टिपेका उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–३ बाट नै निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभामा प्रदेश सांसद जितेका उनी वागमति प्रदेशको मन्त्री पनि भए । मन्त्री हुँदा आफूले गरेका काम पनि उनी मतदातालाई सुनाउँदै आएका छन् । ‘म राजनीतिलाई सेवा ठान्छु, यही अभियानमा अघि बढेको छु, एकपटक फेरि काम गर्ने अवसर पाएँ भनें बाँकी काम पूरा गर्ने छु’ उनले भने ‘विकास र समृद्धि मेरो एजेण्डा हो, यो क्षेत्रका जनताको मुहारमा परिवर्तन ल्याउने जिम्मा अब मलाई दिनुहोला ।’ उनले एमालेको सरकार हुँदा धेरै राम्रा काम भएको दाबीसमेत गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...