back

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

nactional life

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए ।

उनले रास्वपाबाट झापा–५ का उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलो कार्यक्रममा सिभिल प्रहरी परिचालन हुनुका साथै उनीहरू स्वयं भोट माग्ने परिवेश देखिएको उल्लेख गर्दै यसले सरकार निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न भएको संकेत दिएको बताए ।

बस्नेतले झापा–५ मा मनोनयन दर्ता हुनुअघि नै नयाँ एसपी पठाइनु, एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किने क्रममा विराटनगर विमानस्थलमा गरिएको चेकजाँच तथा घरदैलो अभियानमा सिभिल प्रहरी प्रयोग गरिनु सामान्य घटना नभएको दाबी गरे । “निर्वाचन कसैको एजेण्डा स्थापित गर्न वा कसैलाई जिताउनका लागि हो भने सरकार त्यसको माध्यम बन्न खोजेको देखिन्छ,” उनले भने ।

त्यस्तै, उनले संसद पुनगठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अल्झिनुमा न्यायिक प्रणालीमाथि दबाब र हस्तक्षेप भएको आरोप पनि लगाए । प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरू अचानक ‘लाग्दै नलागेको रोग’ लागेर सम्पर्कविहीन हुने र फोन बन्द गर्ने प्रवृत्ति देखिएको भन्दै यसले न्यायिक निरूपण प्रक्रिया प्रभावित भएको उनको भनाइ छ ।

बस्नेतले देश ठूलो वैदेशिक आक्रमणको संकेततर्फ गइरहेको दाबी गर्दै न्यायिक प्रणाली नै कमजोर पार्ने प्रयास भइरहेको बताए । “सर्वोच्च, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन् । हाम्रो सम्पूर्ण न्यायिक प्रणाली नै जलिरहेको अवस्था छ,” उनले भने ।

उनका अनुसार डर, लोभ, प्रलोभन वा सम्भावित महाअभियोगको त्रासका कारण न्यायिक प्रक्रिया ढिलाइ भइरहेको छ, जसका कारण संसद पुनस्थापनासम्बन्धी मुद्दा अल्झिएको छ । उनले संसद पुनस्थापनाको विषयमा सर्वोच्च अदालतले तत्काल निर्णय गर्नुपर्ने माग गर्दै यदि संसद पुनस्थापना भए निर्वाचनको नाममा भइरहेको खर्च र गतिविधि अनावश्यक हुने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...