back

मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

nactional life

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।

एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको अनुभूति भएको उल्लेख गर्दै अब सम्पूर्ण शक्ति एमालेको विजयका लागि केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।

अघिल्लो निर्वाचनमा बर्तौलाको विपक्षमा रहेर विरोध खतिवडाको चुनावी कमान्ड सम्हालेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक भने बर्तौलाको मुख्य चुनावी कमान्डरका रूपमा मैदानमा उत्रिएका छन्। बैठकलाई सम्बोधन गर्दै स्याङ्तानले विगतमा आफूलाई संविधान सभा सदस्य बन्न सहयोग गर्ने बर्तौलालाई यसपटक मनैदेखि साथ दिन निर्वाचन परिचालन कमिटीको सह–संयोजकको जिम्मेवारी लिएको जानकारी दिए।

कार्यक्रममा मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेतीले मनहरीको दीर्घकालीन समस्या बनेको मध्यवर्ती क्षेत्रको विषय समाधान गर्न महेश बर्तौलाको विकल्प नभएको धारणा व्यक्त गरे।

उम्मेदवार बर्तौलाले आफ्नो ३२ महिनाको कार्यकालको समीक्षा गर्दै जनताले पाँच वर्षका लागि पठाए पनि परिस्थितिवश ३२ महिना मात्र काम गर्न पाएको उल्लेख गरे। बाँकी कार्यकालमा अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान र मध्यवर्ती क्षेत्रको कानुनी जटिलता फुकाउन नीतिगत तहमा काम सुरु भइसकेको बताए।

बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि मनहरी गाउँपालिकामा एमाले संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य भारती पाठक, जिल्ला कमिटी सदस्यहरू बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, कृष्ण लामिछाने, शिवकुमार रिजाल, गीता प्रजा, बर्तौलाका चुनावी फोकल व्यक्ति आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...