back

बागबजार–वरवरमहल सडकमा बक्स कल्भर्ट निर्माण, वैकल्पिक मार्गको व्यवस्था

कल्भर्ट निर्माणको क्रममा उक्त सडक पूर्ण रूपमा बन्द हुनेछ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ भने प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो।

यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव तर्फ १४ मिटरको हुनेछ । निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ ।

सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्न लागेको बताए ।

उनले भने, ‘अहिले त्यहाँ पानी निकासका लागि राखिएका ह्युम पाइप पुराना भइसकेका छन्। बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम बढ्छ। त्यसैले बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो।’

कल्भर्ट निर्माणको क्रममा उक्त सडक पूर्ण रूपमा बन्द हुनेछ । त्यसैले डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने, र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिने सवारीका लागि वैकल्पिक मार्ग कमलादी मोड, कमलादी गणेश मन्दिर, घण्टाघर मार्ग उपयुक्त हुने अपेक्षा गरिएको छ।

काम सुरु भएपछि सडक खण्ड करीब २ महिना बन्द रहनेछ । धोवीखोला नदी नजिक रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुने भएको छ । यस कल्भर्टको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ भने प्रारम्भिक लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपैयाँ थियो।

यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटर हुनेछ । काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ।

‘यस ठाउँमा रहेको पुरानो फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले क्षति पु¥याएको थियो। वडाले निर्माण योजना बनाउँदै गर्दा महानगरपालिकाको केन्द्रीय बजेटबाट काम हुन लागेको हो,’ वडा नं. ११ का अध्यक्ष हीराला तण्डुकारले भने ।

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...