back
himalayan life

उपत्यकाका सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान,आजैबाट ट्राफिक प्रहरी क्षमता अभिवृद्धि कार्यक्रम पनि सुरू

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने यातायात व्यवसायीसँग मिलेर सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात गरेको हो ।

सार्वजनिक सवारीभित्रै चोरी तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले बताएको छ ।यस्ता क्यामेरा जडानले दुर्घटना कसरी, के कारण भयो भन्ने पत्ता लगाउन पनि सहज हुने बताइएको छ ।

त्यसैगरी आजैबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी क्षमता अभिवृद्धि तथा आन्तरिक प्रशिक्षण कार्यक्रम पनि सुरू गरेको छ।बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरेका छन्। तालिम उद्घाटन गर्दै एआईजी कार्कीले साधन र स्रोतको अभावमा पनि ट्राफिक प्रहरी नियम पालना गराउन प्रतिबद्ध भएर लागिपरेको बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...