back
himalayan life

निर्वाचनको लागि भारत सरकारद्वार ६१ वटा गाडी हस्तान्तरण

काठमाडौं ।  भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।

मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।
उनको अनुसार भारतले आसन्न निर्वाचलाई मध्यनजरगरी विभिन्न प्रकारका ५३८ वटा गाडि सहयोग गर्दैछ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।

उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरुको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’

त्यस्तै उनले सरकारले आफ्नो नियमित बजेटबाट पनि गाडी खरिदको काम अन्तिम चरणमा पुर्याएको बताए । निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासनहरुमा आवश्यक्ता अनुसार वितरण गरिने उनले जानकारी दिए ।

‘जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । सरकारले आफ्नो नियमित बजेटबाट पनि खरिदको अन्तिम चरणमा पुगेको छ भने निर्वाचन आयोग, सुरक्षा निकाय ,जिल्ला प्रशासनहरुमा आवश्कताको अनुसार वितरण गर्ने छौं ।’उनले भने गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४४

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न...

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३२

काठमाडौं । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा...

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२८

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...