back

नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले लिए शपथ

कर्पोरेट बजार –  नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति÷रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायत नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...