back
Naima

विवेकशील साझा पार्टीले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

कर्पोरेट बजार –  विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ ।  पार्टीले उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको समेत विज्ञप्तिमार्फत जनाएको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरिएको छ ।

‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ। विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ। त्यसै गरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ।’

‘पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको गम्भीर पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा कायम अक्षुण्ण राख्न सक्ने स्पष्ट देखिएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ । सो पार्टीले तत्कालका लागि अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको पनि बताएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...