back
Naima

दलका जेनजीहरु भन्छन् : ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’

‘संसद विघटन गर्ने कुरा भनेको जेनजीहरुको मागमाथि सबैभन्दा ठूलो लात हो,’

काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागहरुका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक युवा नेताहरुले समर्थन जनाएका छन् ।

तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमहरुप्रति असन्तुष्ट व्यक्त गरेका छन् । आन्दोलनका नाममा देशको सम्पत्ति नष्ट गरिएको र आन्दोलनकारी मारिएकोप्रति उनीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । नाश गरेकोमा सहनिय नभएको युवा नेताहरु बताँउछन् ।
कांग्रेस निकट नेविसंघका नेता नविन पौडेलले जेनजीहरुको मागप्रति सकारात्मक रहेपनि तोडफोड, गोली प्रहार र मारपिटबारे आफूहरुको घोर आपत्ति रहेको सुनाए ।

‘आन्दोलनको सुरूवाती चरण एकदमै राम्रो थियो । देशमा भएको बेथिति, पुरानो दलहरुसंगको वितृष्णालाई स्वाभाविक मान्न सकिन्छ । भ्रष्टाचार विरुद्धको आन्दोलन सराहनीय थियो । तर, आन्दोलनलाई सरकारबाट उचित सुरक्षा व्यवस्था नभएका कारणले जुन घटनाहरु भए त्यो निन्दनीय छ जेनजी आन्दोलनलाई प्रत्येक संगठनहरुले पनि समर्थन गरेकै थियो । तर राष्ट्रिय सम्पत्ति, निजी सम्पत्तिमा आगजनी गरेर पुनः आर्थिक अवस्थालाई पछाडि धकेल्ने काम भएको छ । यसमा हाम्रो आपत्ति छ,’ उनले भने । भ्रष्टाचारले सीमा नाघेकाले माग उठाउनु जायज भएको उनले बताए ।

त्यस्तै उनले कानुनी राज्यमा संविधानको मातहतमा रहेर देशलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने कुरा जायज भएपनि प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान विपरित रहेको औंल्याए । उनले संविधान मिच्नु भनेको कानुनी राज्यको स्थापना नभएको भन्दै यो स्वीकार्न नसकिने बताए ।
त्यस्तै उनले अब राजनीतिक दल भित्र रहेका जेनजी पुस्ताहरु दलको आफ्नो आदर्श र सिद्धान्तमा बस्नुपर्ने औंल्याउँदै संविधान भित्र नै रहेर देशलाई गतिशील र दिगो विकासतर्फ उन्मुख गराउनको लागि जनचेतना र भ्रष्टाचार विरोधी अभियान चलाउँदै समाज परिवर्तनका लागि काम गर्नुपर्ने औंल्याए ।

त्यस्तै उनले पहिलो महिला प्रधानमन्त्री सम्मान व्यक्त गर्दै देश अराजकतातर्फ उन्मुख भइरहेको बेलामा देशको नेतृत्व गर्नुपर्छ भनेर अडान लिएको कुरामा धन्यवाद दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर व्यवस्थालाई जोगाउनलाई सम्मान व्यक्त गरे ।

त्यस्तै उनले प्रधानमन्त्री कार्कीले सर्वदलीय, सर्वपक्षीय बैठक आह्वान गरेर देशलाई निकास दिने बाटोतिर अगाडि बढ्नुपर्ने बताए । दलहरुले लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गरेकाले राजनीतिक दलभित्रका नेतृत्वकर्ताहरूलाई समन्वय गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै अगाडि बढ्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का युवा नेता पेरिसराज गिरीले पछिल्लो समय नेताहरुले गरेको अपराध, भ्रष्टाचार, विलासिता जीवन नै जेनजी पुस्ताहरुको आक्रोश भएको उल्लेख गर्दै आन्दोलन समयको आवश्यक्ता रहेको बताए ।

‘दुई दशकमा क्रान्ति र परिवर्तनको लागि आन्दोलनहरु भइरहेको छ । यसको मुख्य कारण पछिल्लो समयका नेताहरुले गरेको अपराध, भ्रष्टाचार, विलासी जीवन नै जेनजी पुस्ताले रोजेको आन्दोलन हो,’ उनले भने ।

उनले जेनजी पुस्ताको माग कतिपय जेनजीहरुलाई नै थाहा नभएको पनि बताए । दलीय तन्त्रबाट निर्माण भएको अख्तियार अनुसन्धान आयोगले आफ्ना नेताहरुको भ्रष्टाचारको फाइल रोक्ने भएकाले अख्तियार भन्दा स्वतन्त्र शक्तिशाली आयोग बन्यो भने मात्रै भ्रष्टाचार रोक्न सकिने औंल्याए ।
‘जेनजी पुस्ताको मागहरु के हुन् ठ्याक्कै उनीहरुलाई नै थाहा छैन । पछिल्लो समयको घट्नाक्रम हेर्दा ठ्याक्कै जेनजीको लिडर र माग के हो त्यो बुझ्न सकिएको छैन् । जसमा भ्रष्टाचार नियन्त्रण भन्ने छ । यसबारे अख्तियार सबैलाई थाहा नै छ । दलीय तन्त्रबाट गएको अख्तियारले कतिपय फाइलहरु रोक्छ । त्यसैले अख्तियार भन्दा स्वतन्त्र शक्तिशाली आयोग बनाउन जरुरी छ ।’

त्यस्तै उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचार रोकिने र छिटै फड्को मार्ने पनि बताए ।

त्यस्तै उनले आगामी चुनावमा पनि पुरानै दलका नेताहरु आउने सम्भावना भएकाले अहिलेको सरकारले चुनाव गरेर नयाँलाई हस्तान्तरण गर्नुको विकल्प बाहेक केही नरहेको बताए । संविधान मार्नु भन्दा संसद मार्नु राम्रो भन्दै संसद विघटन राम्रो रहेको उनले बताउ ।

त्यस्तै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता इन्द्र सिंह ठकुरीले जेनजीहरुले प्रथम चरणमा राखेका मागहरु वास्तविक माग रहेको र सोही माग अनुसार आफूपनि सहभागि भएको भन्दै जुन विध्वंस मच्चाइयो त्यसमा सहमति जनाउन नसक्ने बताए ।

त्यस्तै उनले अहिलेको अवस्थालाई नजिकबाट हेर्दा जेनजी पुस्ताका मागहरू खोलामा बगेर गएको समेत बताए । उनले जेनजीहरुले अघि सारेको माग अनुसार प्रक्रिया अगाडि नबढेको बताए । उनले संविधानको रक्षा सबैभन्दा ठूलो कुरा हुने भन्दै संविधान विपरित संसद विघटन स्वीकार्न नसकिने बताए ।

‘संसद विघटन गर्ने कुरा भनेको जेनजीहरुको मागमाथि सबैभन्दा ठूलो लात हो,’ उनले भने । उनले जेनजीहरुमा एकता र साझा मुद्दामा एकमत हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले नयाँ पुस्ताको मागहरू पूरा गर्नका लागि नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भएकाले पुस्तान्तरण भन्ने कुरा अनिवार्य भएको बताए । उनले पुरान पुस्ता र नयाँ पुस्ता दुबै मिलेर देशलाई विकास गर्न सकिने बताए ।

अर्का नेविसंघका नेता मनमोहन भट्ट पनि जेनजी आन्दोलनको समर्थक भएपनि दोस्रो दिनको घटनाप्रति सन्तुष्ट नभएको बताए । शान्तिपूर्ण रुपमा संविधानले दिएको अधिकार प्रयोग गरेर आन्दोलनमा आउनु राम्रो भएपनि विध्वशं स्वीकार्न नसकिने बताए ।

‘आन्दोलनको पहिलो दिन मेरो सहभागिता थिएन । तर विद्यार्थीहरुलाई सरकारले गोली हान्यो त्यसमा चुप लागेर बस्न सकिएन् । शान्तिपूर्ण आन्दोलनमा सहभागि थियौँ’ उनले भने ।
तर जेनजी पुस्ताहरु साझा मुद्दामा एकीकृत नभइ विभिन्न पक्षमा विभाजित भएकोप्रति असन्तुष्टि जनाउँदै साझा नेतृत्व लिएर जेनजीहरु अघि बढ्नुपर्ने सुझाए ।

‘पुरानो परिपार्टी र अपारदर्शिता र गैर जिम्मेवारीपन साथै भ्रष्टाचारले भरिएको संरचनामा गम्भीर त्रुटिहरु छन् । यस्तोबेला आन्दोलनले उठाएको आवाज ठिक थियो । तर नेतृत्व नहुँदा मुद्दा ओझेल पर्ने चिन्ता छ,’ उनले भने । त्यस्तै उनले प्रतिनिधिसभा विघटनको कुरामा संविधानले दिएको अधिकार बमोजिम नभएको धारणा राखे ।

उनले भने ‘संविधानलाई सर्वोच्चता दिने कुरामा प्रतिनिधिसभा विघटन राम्रो होइन् । प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ । अब दलहरुमा पुस्ता हस्तानतरण हुनुपर्छ । ४० प्रतिशतको आरक्षण युवाहरुका लागि राख्नैपर्छ ।’ उनले अहिलेको समय गुनासो र विमति गरेर बस्ने भन्दापनि क्याम्पसमा भएका विभिन्न संगठनहरुले विषम परिस्थितिमा पुनःनिर्माण लागि आफुले सकेको सहयोग गर्नुपर्ने पनि बताए ।

त्यस्तै नेता भट्टले व्यक्तिगत रुपमा वा सतिप्रथा भएको देशमा महिलाले नेतृत्व गर्नु सकारात्मक भएको औंल्याउँदै ७२ जना मृत्यु भएकाहरुलाई सहिद घोषण गरेसँगै भदौ २३ लाई जेनजी दिवसका रुपमा सार्वजनिक विदा दिन आग्रह गरे । उनले घाइते भएकाहरुलाई पनि विश्वविद्यालयहरुमा छात्रावृद्धिको व्यवस्था गर्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...