back

सिंहदरबारको गृह मन्त्रालय पूर्णरूपमा ध्वस्त : संरचना, सम्पत्ति र अभिलेख खरानी

सिंहदरबारभित्रको गृह मन्त्रालय पूर्णरुपमा ध्वस्त, उपयुक्त स्थानको खोजी

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अहिले खरानी र भग्नावशेषले भरिएको छ । भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी गृह मन्त्रालयलगायतका कार्यालयमा आगजनी गरेपछि परिस्थिति पूर्णरूपमा बदलिएको छ ।

आइतबार गरिएको स्थलगत रिर्पोटिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेका छन् ।

भित्रको दृश्य ः खरानी, चिसिएको धुवाँ र मौनता

नेपाल न्यूज बैंकको टोली बिहानै सिंहदरबार प्रवेश गर्दा सबैभन्दा पहिले देखिएको दृश्य थियो—धुवाँले कालो परेको पर्खाल, भत्किएको छत, जलेका फाइल र कुर्सीहरूको अवशेष । कुनैबेला कागजात र निर्णयहरूले भरिने फाइल मन्त्रिपरिषदको कार्यालय अब रित्तो छन्, कुनै जलिसकेका, कतै अलपत्र अवस्थामा ।

गृह मन्त्रालयको मूल प्रवेशद्वार पूर्णरूपमा भत्किएको छ । भित्र छिर्दा प्रांङ्गणभरि जलेका कम्प्युटरका भागहरू, जलिसकेका कुर्सी, र फाइलहरू देखिन्थे ।

सबै संरचना ध्वस्त छन्, पुनःस्थापना लामो प्रक्रिया हो

स्थलगत रिर्पोटिङकै क्रममा कुरा गर्दै गृह मन्त्रालयका उपसचिव शेखर पौडेलले घटनाले मन्त्रालयको कामकाजलाई गम्भीर असर पारेको जानकारी दिए । उनका अनुसार हाल गृहमन्त्रालय सञ्चालनयोग्य अवस्थामा छैन र पूर्ण पुनःस्थापनाका लागि लामो समय लाग्ने देखिएको छ । उपसचिव पौडेलले भने, ‘गृह मन्त्रालय चल्ने भन्दा पनि पहिलो कुरा त सम्पूर्ण संरचनाहरु आगजनी र तोडफोडबाट ध्वस्त भएको अवस्था छ।’ उनका अनुसार मन्त्रालयमा रहेका फाइल, अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटपलगायतका सबै भौतिक सम्पत्ति नष्ट भएका छन् ।

‘कतिपय अभिलेखहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् भने कयौं हराएका छन्,’ उनले थपे, ‘यस्तो अवस्थामा मन्त्रालयले कार्यसम्पादन अघि बढाउनु निकै चुनौतीपूर्ण छ । तर पनि यो शोक र विपत्तिको घडीमा एकीकृत प्रयासमार्फत पुनःनिर्माण र सेवा पुनःसञ्चालनको दिशा तय गर्न हामी प्रतिबद्ध छौं ।’

हाल गृहमन्त्रालयका अधिकारी र कर्मचारीहरु नयाँ कार्यस्थलको खोजीमा रहेका छन् । सिंहदरबारभित्रै अस्थायी स्थानमा मन्त्रालय सञ्चालन गर्न पहल भइरहेको पौडेलले जानकारी दिए । उनले भने, ‘हामी तत्काल उपयुक्त स्थान खोजेर सेवा सुरु गर्ने प्रयासमा छौं । तर साविकको अवस्थामा फर्कन भने नीति निर्माणदेखि योजना निर्माणसम्मका विस्तृत काम आवश्यक हुन्छ ।’

हाल नागरिक सेवामध्ये धेरैजसो सेवा स्थानीय तह र जिल्ला कार्यालयहरूमार्फत प्रदान हुँदै आएका कारण प्रत्यक्ष प्रभाव न्यून हुने उपसचिव पौडेलको भनाइ छ । यद्यपि, दीर्घकालीन महत्वका नीति, कानुन र अभिलेखमा भएको क्षति गम्भीर रहेको उनको भनाइ छ । ‘अब हामीले डिजिटल अभिलेखहरु पुनरावलोकन गर्ने, जलेका अभिलेखहरुको पुनर्निर्माण गर्ने र नयाँ संरचना बनाउने कार्यलाई प्राथमिकतामा राख्नेछौं,’ पौडेलले भने ।

सरकारको पुनःनिर्माणसँग सम्बन्धित नीति र योजनाअनुसार मात्र स्थायी समाधान सम्भव हुने भएकाले गृहमन्त्रालयको पूर्ण पुनःस्थापना दीर्घकालीन प्रक्रिया हुने देखिएको छ ।

उनका अनुसार मन्त्रालयको भौतिक संरचना मात्र नभई—महत्त्वपूर्ण अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटप सबै जलेर नष्ट भएका छन् । कतिपय अभिलेखहरू हराएका छन् भने कति पूर्णरूपमा जलिसकेका छन् ।

‘हामी तत्कालका लागि बाँकी अभिलेखहरू एकत्रित गर्दैछौं । कर्मचारीको सुरक्षित बसोबास मिलाउने र सेवा क्रमिक रूपमा पुनः सञ्चालन गर्ने प्रयासमा छौं,’ पौडेलले भने ।

स्वास्थ्य मन्त्रालयमा पनि शतप्रतिशत क्षति

गृह मन्त्रालयसँगै सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको पुष्टि गरिएको छ । कार्यालयका संरचना पूर्णरूपमा जलेका छन् ।

कुन मन्त्रालय कत्तिको प्रभावित ?

घटनामा सबै मन्त्रालय समानरूपमा प्रभावित छैनन् । सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयहरूमा खासै क्षति देखिएन। सामान्य प्रशासन, कृषि, शिक्षा मन्त्रालयहरूमा आंशिक क्षति भएको छ ।

सिंहदरबारको यो दृश्य केवल भौतिक क्षतिको प्रतीक होइन, यो नेपालको सरकारी प्रशासनिक संयन्त्रको संकटको प्रत्यक्ष चित्र हो । आगजनीको पीडाबाट गुज्रिरहेका कर्मचारीहरू पुनः निर्माणको बाटोमा उभिएका छन् । जहाँ समय, नीतिगत निर्णय र दृढ संकल्पले मात्र अगाडि बढ्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

वि.सं.२०८३ साउन ६ बुधवार ११:१३

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको...

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

वि.सं.२०८३ साउन ४ सोमवार १३:२६

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ...