back

बैंक नोट वाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

काठमाडौं । सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरांै । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो बर्षदेखि बन्द गरेका छौ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन वेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’
उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए ।

‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने ।

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए ।

‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ । हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्नको लागि सुरक्षण मुद्रण ऐन अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

वि.सं.२०८२ चैत १९ बिहीवार १७:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका...

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन

वि.सं.२०८२ चैत १९ बिहीवार १७:१५

काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म...

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

वि.सं.२०८२ चैत १९ बिहीवार १७:१३

सुर्खेत । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत...

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

वि.सं.२०८२ चैत १९ बिहीवार १७:१२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी...

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

वि.सं.२०८२ चैत १९ बिहीवार १२:१७

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा...

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

वि.सं.२०८२ चैत १९ बिहीवार १०:३५

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्...