back
skip this gaugauma singhadarbar

प्रधानमन्त्रीद्धारा सबै दललाई चुनावका लागि सरकारमा सहभागी हुन आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको लागि सरकारमा सहभागी हुन सबै दलहरुलाई आह्वान गरेका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । साथै ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरे ।
‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उनले भने, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’

आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा जोड दिए । उनले भने, ‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’

ओलीले आज भइरहेको अराजकता तथा असंसदीय र अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक पद्दतिप्रति नै जनतामा वितृष्ण उत्पन्न गर्ने चिन्ता बढेको बताए ।
‘कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका विकृति देखा परेका छन्’, उनले भने, ‘२०४८ सालपछि देखिएका संसदीय विकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’

प्रधानमन्त्रीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।

उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने समेत बताएका छन् ।

२०७८ जेठ १४ गते प्रकाशित

gaugauma singhadarbar

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

वि.सं.२०८२ मंसिर २७ शनिवार १०:५४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:५४

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट...

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसहित सातजना विरुद्ध मुद्दा दायर, पूर्वगृहमन्त्री रमेश लेखक लगायतमाथि छानबिन जारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४३

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको...

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

वि.सं.२०८२ मंसिर २५ बिहीवार १७:२६

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड...