उपत्यकाका सिडिओहरुको बैठक बस्दै, थप १५ दिन निषेधाज्ञा लम्बाउने तयारी

वि.सं.२०७८ जेठ ११ मंगलवार

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्बाउने तयारी भएको छ । कोभिड संक्रमण नियन्त्रणमा नआएसँगै जारी निषेधाज्ञालाई थप गर्ने तयारी भएको हो ।
निषेधाज्ञाको बारे छलफल गर्न काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लाहरुको बैठक आज बस्दैछ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपसहित सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताए।
उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएकोमा २२ वैशाखमा पुनः एक साता थपिएको थियो। निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।
गृह मन्त्रालयका ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ।
गृह मन्त्रालयले अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार निर्देशन दिइसकेको छ।
अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ। आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि सिडिओलाई छ।
काममा अवरोध पुर्याए सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान पछिल्लो अध्यादेशमा छ। यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ।
काठमाडौं उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञा थप लम्ब्याइने भएको छ। संघ सरकारले स्वास्थ्य आपतकाल घोषणाको तयारी गरिरहेका बेला उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।
२०७८ जेठ ११ गते प्रकाशित

प्रकाशित समय : ०२:५२ बजे