back

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन तीब्र

nactional life

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ ।

अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार ः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका–८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका–३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका–०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका–०९), सिजन आई.टी. (काठमाडौं महानगरपालिका–२२), अर्बन गेअर्स (काठमाडौं महानगरपालिका–३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका–३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं महानगरपालिका)को भने बिक्री वितरण फुकुवा गरिएको छ ।

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायहरूले कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ । विभागका अनुसार २० चैत देखि सबै सामग्रीहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको छ । विभागका महानिर्देशक कुमार दहालले भने, ‘जोखेर वा नापेर विक्री गर्ने बाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका हौँ । जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्री देखि ठुला गाडीहरूमा सम्म सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कडा निर्देशनमा विभागले उपभोक्ता ठगी हटाउन एक्सन लिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...