back

सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

nactional life

रामेछाप । ६८ औँ सहकारी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रमहरु गरिएका छन् ।मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न सहकारी संघहरुको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रम अन्तर्गत बिहान मन्थली बजारमा र्‍याली आयोजना गरिएको थियो । र्‍याली पछि आयोजित कार्यक्रम मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले सहकारी संस्थाहरू मापदण्ड अनुसार चल्नुपर्ने बताइन् । उनले मापदण्डमा चलेका सहकारी र सहकारीबाट लिएको ऋण ठिक ठाउँमा परिचालन गर्नेहरू कुनै समस्यामा नपरेका बताउँदै बस्नेतले सहकारी मापदण्ड अनुसार चल्नुपर्ने र ऋण लिने पनि सही काममा त्यसको प्रयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलले नेपालमा सबैभन्दा ठूलो नागरिक सञ्जाल भएको सहकारी क्षेत्र अहिले गम्भीर संकटमा परेको बताए । सहकारीहरू बिस्तारै अप्ठेरोमा पर्दै गएकाले यसमा लाग्नेले सचेतता पूर्वक काम गर्नुपर्ने उनको धारणा छ ।

रामेछाप बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष जगन्नाथ दाहालले सहकारीको नाममा पैसा जम्मा गर्ने र जथाभाबी ऋण लगानी गर्नेहरूका कारण सहकारी क्षेत्र संकटमा परेको बताए । अब सहकारीलाई व्यवस्थित गरेर लानुको विकल्प नभएको उनले धारणा राखे।  कार्यक्रममा विभिन्न सहकारी संघका अध्यक्षहरूले पनि धारणा राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...