back

रामेछापवासीले उपयोग गर्न नपाएको मन्थली विमानस्थल,विदेशीका लागि सिमित

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा विमानस्थल छ । विमानस्थल सञ्चालनमा पनि छ। तर यो विमानस्थल रामेछापवासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ जस्तै छ ।

काठमाडौंबाट रामेछापसम्म सडक नजोडिँदासम्म काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको विमानस्थलबाट अहिले रामेछाप–काठमाडौं यात्रा गर्छौँ भन्दा पनि रामेछापवासीले यात्रा गर्न पाउँदैनन् ।

विमान सेवा प्रदायक कम्पनीहरूले नियमित उडान सेवा राख्न नमान्दा विमानस्थल चार्टर उडान गर्ने विमानस्थल मात्र बनेको छ ।सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई दुई सिजनमा मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । त्यसैले यो विमानस्थल विदेशीको लागि मात्र प्रयोगमा आउने विमानस्थल भएको छ । २०३२ सालमा निर्माण सुरु भई २०३४ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थल निर्माणमा रामेछाप जिल्ला वासीको ठुलो श्रम परेको छ ।

गाउँ गाउँबाट जिल्लावासीले आएर श्रमदान गरी विमानस्थल निर्माण गरेका थिए । तर अहिले विपत्तिका समय, दुर्घटनामा परेका घाइते तथा जटिल बिरामीले समेत मन्थली विमान स्थलबाट काठमाडौँ जान नपाउने अवस्था बनेको छ । कम्तीमा हप्ताको एक दिन मन्थली–काठमाडौँ उडानको व्यवस्था गर्न पहल गरिँदै आएको भएपनि सेवा सञ्चालकहरूले बेवास्ता गरेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन् ।

‘विमानको सिट भरिएन भने खाली रहेको सिटको पैसा नगरपालिकाले तिर्नुपर्छ भन्ने सम्मका गैरजिम्मेवार प्रस्ताव आए, व्यापार गर्ने कम्पनीको व्यापार भए भने कहाँ सरकारले पैसा तिरिदिन सक्छ ?’ श्रेष्ठले भने । विदेशीसँग चर्को भाडा लिएर मन्थलीबाट सोलु पर्यटक उडाउने विमान कम्पनीहरू स्थानीयलाई भने भाडा कम उठ्ने भन्दै सेवा दिन तयार छैनन् । नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

सगरमाथा क्षेत्र घुम्न आएका विदेशी पर्यटकलाई मात्रै मन्थलीबाट लुक्ला बोक्ने र पैसा कमाउने विमान सञ्चालक कम्पनीले सामाजिक उत्तरदायित्वको काम भने बिर्सिएका छन् । पर्यटकको सिजनमा तारा एयर, समिट एयर र सिता एयरले मन्थली–लुक्ला उडान गर्ने गर्दछन् । ती विमान कम्पनीको काठमाडौं–रामेछाप उडान सञ्चालनको अनुमति पटक पटक स्वीकृत भए पनि सेवा भने दिएका छैनन् ।

आफ्नै घर अगाडि विमानस्थल छ । विमानस्थलबाट विमान पनि उडान र अवतरण गरिरहेका छन्। तर रामेछापवासीको लागि भने यो विमानस्थल काम लागेको छैन । केवल पर्यटकहरूले फालेका पानीको बोतल, फोहर र प्लास्टिक उठाउन बाध्य छन् स्थानीयवासी ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...