back

सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए ।

उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् ।

राजावादीहरुको यो चहलपहलका पछाडी संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

यसको साथै, उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए ।

उनले भने, ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने कोशिस हुदैँछ । हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ ।

सरकारको वेतिथि र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउदैँ लगेको छ । सरकारमा बसेका साथिहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरु विकल्प नै देख्न छाडेको हो ?।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...