back

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।

उनले भने,‘यस्तो डिटेल दिनुभा’छ नि, कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।’ सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।
चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ र्‍यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो ।

चलचित्रमा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ । सिनेमाले हालसम्म कति कलेक्सन गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । पहिलो दिनको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको थियो । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख कलेक्सन गरेको थियो ।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । जेपीटी क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...