back

‘जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिदरुको अपमान सैह्य छैन’

nactional life

काठमाडौं । नेकपा माओवादी केन्द्र)का केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताएका छन् ।बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन् ।

उनले भने,पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक होइन । न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?’ उनले जनयुद्धकालमै रम्तेललगायतका सहिदहरुको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताहा अभियानको सुरुवत गरेको र आजपनि त्यसैको निरन्तरतास्वरुप देशभर अभियान चलिरहेको पनि बताए ।

त्यस्तै,अखिल (क्रान्तिकारी)का सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिदै उनले भनिन्,‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरुले विरोध गरे पनि जनयुद्धमा बलिदन गर्न सिकाउने बादल कमरेडहरुलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै उनले थप भनिन्,‘रामबहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबर्दार अति भयो, अब सहन सकिन्न ।’

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले केन्द्रीय सचिव पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा किर्कौली रम्तेल(सरिमाया)लाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...