नेपाली सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस (फोटो फिचर)
वि.सं.२०८१ फागुन १४ बुधवार
काठमाडौँ । नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ । शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यसअवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।


प्रकाशित समय : १७:२४ बजे





















