back

 ऐतिहासिक महत्वपूर्ण पोखरी हो, बेवारिसे बन्यो नागदह जान छाडे पर्यटक

बासुकी नागराजको बास भएको विश्वास गरिने नागदहमा बर्षमा दुईपटक भने भव्य मेला लाग्ने गर्दछ । नागपञ्चमी र ऋषिपञ्चमीमा दुई पटक भव्य मेला लाग्ने गरेको श्रेष्ठले बताए । पहिलेजस्तो निस्वार्थ भावनाले स्वयंमसेवकको रुपमा काम गर्ने मानिसको अभाव हुँदा पनि नागदहमा आन्तरिक र बाह्य दुवै पर्यटक खस्किँदो अवस्थामा रहेको उनको ठम्याई छ ।

काठमाडौ । ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ ।

केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सेयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । तर अहिले न त्यहाँ डुङ्गा चल्छ त पर्यटकको चहलपहल नै देख्न सकिन्छ । ललितपुरको २४ वडामा अवस्थित यो ऐतिहासिक एवम सांस्कृतिक स्थल पूरै प्रदुषणको चपेटामा छ । पोखरीको पानीमा स्थानीयबासीले खुलमखुल्ला रुपमा लुगा धुने र नुहाउने गर्दछन् । दहको वरिपरि फोहोर देख्न सकिन्छ । वेवारिसे अवस्था रहेको उक्त दहको सरसफाइमा सम्बन्धित निकायको ध्यान जान नसकेको नागदह संरक्षण तथा सुधार समितिका पूर्वअध्यक्ष गणेश श्रेष्ठ बताउँछन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र नागदह अहिले सुनसान रहेको पूर्वअध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार लगभग १३ वर्ष अगाडि बैशाखमा नागदहमा सयर गरिरहेका चार जना यात्रुहरु डुङ्गा डुबेर मृत्यु भएपछि त्रासको वातावरण छ । ‘त्यसबेला डुंगामा पानी छिरेर सयर गरिरहेका यात्रुहरु दहमा डुबेका थिए । त्यसपछि यहाँ त्रासको वातावरण बन्यो । त्रासलाई चिर्ने किसिमका गतिविधि गर्न कसैले ध्यान दिएनन् । त्यही समयदेखि नै आन्तरिक र बाह्य दुबै पर्यटकहरु घट्दै गएको हो,’ उनले भने ।‘१३ बर्ष पहिले डुङ्गामा पानी छिरेर चार जनाको मृत्यु भएको थियो ।डुङ्गामा पानी कसरी छिर्यो भन्ने थाहा भएन । तर त्यो काठको डुङ्गा थियो । त्यसबेलादेखि पर्यटकको संख्या घट्दै गयो । पर्यटक आकर्षित गराउने गतिविधितर्फ सरकारको पनि ध्यान गएको छैन् ।

त्रास कम गराउने प्रयास भएको छैन् । नयाँ पिँडीले पनि ध्यान दिएनन्,’ उनले भने । लगनखेलबाट नागदह चार–साढे चार किलोमिटर मात्र टाढा रहेको हिसाबले झन धेरै पर्यटक आउनुपर्ने वा चहलपहल हुनुपर्नेमा न्यून हुनु दुःखद भएको उनले बताए । उनले भने,‘लगनखेलबाट नागदह धेरै टाढा पनि छैन् । चार–साढे चार किलोमिटर छ । त्यो हिसाबले त मान्छे टन्नै आउनपर्ने हो, चहलपहल धेरै हुनुपर्ने हो । विगतमा चहलपहल राम्रै थियो । तर अहिले त शून्य नै भन्नुपर्छ । नागदहको संरक्षणको लागि पूरै समय दिएर काम गर्ने समिति नआएसम्म केही हुँदैन् र कम्तिमा पनि २० जनाको टीम चाहिन्छ । नागदहलाइ व्यवस्थित गर्न, सरसफाईदेखि लुगा धुनेसम्मका कामलाई व्यवस्थित गर्ने काममा युवाहरुले अगुवाई गर्नुपर्छ ।’

बासुकी नागराजको बास भएको विश्वास गरिने नागदहमा बर्षमा दुईपटक भने भव्य मेला लाग्ने गर्दछ । नागपञ्चमी र ऋषिपञ्चमीमा दुई पटक भव्य मेला लाग्ने गरेको श्रेष्ठले बताए । पहिलेजस्तो निस्वार्थ भावनाले स्वयंमसेवकको रुपमा काम गर्ने मानिसको अभाव हुँदा पनि नागदहमा आन्तरिक र बाह्य दुवै पर्यटक खस्किँदो अवस्थामा रहेको उनको ठम्याई छ । राज्यले सिस्टममा र कागजी रुपमा जति व्यवस्था गरेपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्न नसकेको उनको गुनासो छ । ऐतिहासिक पोखरीहरुलाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने राज्यको दृष्टि नै सही नभएको उनको भनाई छ ।

‘नेपालमा सिस्टम छ तर कागजमा सिमित छ । व्यवहारिक कार्यान्वयन छैन् । पाँच छ महिना अगाडि समितिलाई पुनःगठन गरिएको थियो । जुन आफै दर्ता छैन् । स्वंयमसेवकहरुको अभाव छ। पोखरीहरुलाई कसरी संरक्षण र संर्वधन गर्ने भन्ने राज्यको दृष्टि नै छैन्’, उनले भने । नागदह ५२ रोपनी क्षेत्रफलमा रहेको भन्ने गरिन्छ तर आफूले धेरै पटक नाप्दा ५० रोपनी दुई आना क्षेत्रफलमा रहेको पाइएको उनले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...