back

स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन हो : प्रमुख आयुक्त थपलिया

nactional life

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन भएको बताएका छन् ।

निर्वाचन आयोग नेपालको नवौं निर्वाचन दिवस २०८१ को अवसरमा बोल्दै उनले संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई हेर्दा समेत एकै दिन, एउटै उदेश्यले सबै देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै भएको बताएका हुन् ।

उनले भने, हामीले ढिलो लोकतन्त्र पायौं तर प्रयाप्त लोकतन्त्र पायौं । स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै यो निर्वाचन हो । मतदानको प्रक्रियाले मात्र यसलाई स्पष्ट गर्दैन । सहभागिता कुरा गर्ने हो भने पनि जनसहभागिताको सबैभन्दा गतिलो अभ्यास गर्ने ठाउँ पनि यो निर्वाचन नै हो ।

संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई तपाईंले हेर्नुहुन्छ भने एकै दिन, एउटै उदेश्यले सबै देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै हो । नागरिक सहभागिताका कुराहरुलाई उठायौं भने तब मात्रै निर्वाचन सफल हुन्छ, प्रभावकारी हुन्छ, उपयुक्त हुन्छ ।’

साथै उनले फागुन ७ गते हामी सबैको गौरवशाली दिनको रुपमा समेत रहेको बताए । उनले आज ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने निर्णय गरेको समेत बताए ।

उनले भने, ‘आज फागुन ७ गते हामी सबैको गौरवशाली दिन हो । लोकतन्त्र र जनअधिकारको जुन महा अभियान छ , थियो र अहिले पनि छ । यो अभियान कहिले पनि पूरा हुँदैन, र पूर्ण पनि हुँदैन । यसलाई पूर्णतातिर लान निरन्तर लागिरहनुपर्छ । यो महायात्रालाई स्मरण गर्ने दिन हो यो । आज ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस पनि हो ।

यहि दिनलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने निर्णय गरेको हो । आज हामी नवौं निर्वाचन दिवसमा मनाइरहेका छौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...