back

प्रजातान्त्रिक योद्धाहरुको अपमानविरुद्ध उत्रने बेला आयो : रामभरत साह

nactional life

हाम्रो पार्टीका योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ, त्यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् । हामी त्यसको विरोध गर्छौ । पूरानो घर, ठाउँ ठाउँमा ईंटा र सिमेन्ट उप्किएको छ । सानो ढोका र अगाडि एउटा बेन्च छ ।

बेन्चमा अडेस लगाएर बसिरहेका एक व्यक्ति जसलाई बाटो हिँड्ने र चिन्नेजति सबैले नमस्कार अभिवादन नगरी अगाडि बढ्दैनन् । ती बेन्चमा बसिरहेका व्यक्ति हुन रामभरत साह । प्रजातन्त्र स्थापनाको लडाइमा मेरुदण्डमा ६ ठाउँमा किच्चिएर प्रत्येक तीन महिनामा दिल्लीमा उपचार गराउन बाध्य छन् उनी । एउटा सानो कोठा जुनमा एउटा सानो खाट, एउटा पुरानो काठको कुर्सी, भित्तामा पूराना नेपालको इतिहास झल्किने पुस्तकहरु र किल्लामा अटकिएका कयौं सम्मान पत्र, प्रमाण पत्र र तस्वीरहरु छन् ।

यस्तै छ रामभरत साहको कोठाको अवस्था । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरबाट पाँच मिनेट हिँडेर पुग्न सकिन्छ उनको घर । ठूल ठूला तीनतल्ले भवनहरुका बीचमा एउटा पूरानो एकतल्ले जिर्ण देखिने भवन उनको निवास हो । जति पूरानो रामभरत साहको भवन छ त्यो भन्दा पूरानो उनको प्रजातन्त्र स्थापनका लागि लडेको लडाइहरु बारेका कथाहरु छन् । नेपाल सरकारप्रति आक्रोस पनि व्यक्त गरे ।

‘रक्तक्रान्ति’ आन्दोलन र अपमानका कथा
नेपालमा राणा विरोधी आन्दोलनको सुरुवात १९९२ देखि भएको इतिहास छ । १९९२ सालमा जनकपुरका २२ जना युवाहरुले एयरपोर्ट नजिकै एउटा पोखरी डिलमा बसेर आफ्नो रगतबाट हस्ताक्षर गरेर राणा विरोधी आन्दोलन सुरु गरेका थिए । त्यसको नाम त्यतिबेला ‘रक्तक्रान्ति’ दिइएको थियो र त्यो एउटा इतिहास थियो ।

त्यसपछि नेपाली कांग्रेसको स्थापना भयो २००३ सालमा । त्यही २२ जना युवामध्येबाट पण्डित रमाकान्त झा नेपाली कांग्रेसको संस्थापक जिल्ला सभापति बन्नुभयो । त्यतिबेला पनि उहाँहरुले रााणा विरोधी आन्दोलनको सुरुमा राम्रो भूमिका निर्वाह गर्नुभएको थियो । २००७ साल फागुन ७ गते नेपालमा राणाहरुको एकतन्त्रीय जुन राणा शासन थियो त्यसको अन्त्य भएर नेपालमा प्रजातन्त्रको स्थापना हुन्छ ।

तर प्रजातन्त्रको स्थापनादेखि अहिलेसम्म प्रजातन्त्र सेनानी र सहीदहरुका परिवारहरुले अहिलेसम्म कुनैपनि पार्टी, सरकारबाट कुनै हेरचाह गरेका छैनन् । तथ्यांक राख्ने काम अहिलेसम्म पनि भएको छैन् । २००७ सालमा प्रजातन्त्र आएपछि त्रिपक्षीय सरकार स्थापना भयो–कांग्रेस, राणा र राजपरिवार । त्यसपछि २०१५ सालमा आम निर्वाचन भयो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो ।

१०४ जनामा ७४ सिट कांग्रसले प्राप्त गरेको थियो । तर त्यो सरकारको २०१७ साल पुस १ गते हत्या हुन्छ । कांग्रेसको सरकार हुँदाहुँदै त्यो भन्दा अगाडि २००७ र ०८ र ०११ सालको सरकारले पनि प्रजातन्त्रका लागि लडेकाहरुलाई कुनै सेवा सुविधा दिएन । नेपालीमा उखान छ–‘खोला तर्यो लौरो बिर्सियो’ । अवस्था यस्तै छ । ०४६ सालको आन्दोलनमा म घाईते भए । टिचिङ अस्पतालमा उपचार गराएँ । ०४७ सालमा मैले लेख लेखें र काठमाडौंकै एक पत्रिकामा प्रकाशित गरें ।

जसका कारण त्यसबेलाका सरकारमा भूईँचालो नै आएको थियो । प्रजातन्त्रको लागि लडेका व्यक्तिहरुको अवस्थाको चित्रण गरेको थिए । त्यसपछि २०१७ साल पुस १ पछि २०४६ सालसम्म ३०–३२ बर्ष एकतन्त्रे पञ्चायत कालमा योद्दाहरु वा सहिद परिवारलाई केही भएन् । त्यतिबेला पनि लोकतन्त्रका हत्यारा राजा महेन्द्रमाथि जनकपुरमा बम हान्ने हाम्रा युवाहरु सहीद दुर्गानन्द झा र अरबिन्द ठाकुर जस्ता युवालाई जेल परे । अरबिन्दलाई १४ वर्षको जेल सजायपछि रिहा गरियो र त्यही २०२० साल माघ १६ गते दुर्गानन्द झालाई फाँसी दिइयो ।

यही अवस्थामा कतिपय प्रजातान्त्रिक योद्दाहरुले आफ्नो ज्यान गुमाए । पलायन भएर भारत प्रवासमा बसे । आफ्ना धन सम्पत्ति सबै गुमाए । यस्ता कठिन परिस्थितीहरु पार गर्दै २०४६ सालको चैत्र २६ मा राती ११ बजे आएको प्रजातन्त्रको पुनःप्राप्तीपछि पनि अहिलेसम्म नेपालमा प्रजातान्त्रिक योद्दाहरुको न कुनै सम्मान छ, न कुनै अभिमान छ, न कुनै पहिचान छ । प्रजातान्त्रका लागि युद्दमा होमिएका सहीदका परिवारले अहिलेसम्म कुनै सम्मान भएको छैन् र राहत पनि छैन् ।

२००७ सालको राणाविरोधी आन्दोलनदेखि २०६२/६३ सालको प्रतिगमनको आन्दोलनसम्ममा प्रजातन्त्र पुनःस्थापनादेखि लोकतन्त्रको स्थापना र गणतन्त्रसम्म आइपुग्दा सहिदको कुनै लगत संकलन भएजस्तो लाग्दैन् । सरकार अथवा कुनैपनि पार्टीले लेखाजोखा राखेकै छैन् । खोजतलास गरेकै छैन् । खोलो तर्यो लौरो बिर्सिएको अवस्था छ । यसका विरुद्ध हामी फेरि उत्रनुपर्ने बेला आएको छ । नीति र नियम बनाएर प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने अवस्था सिर्जना गर्छौ । जो पनि  सहीद अहिले पार्टीपिच्छे सहीदहरु छन् ।

माओवादी जनयुद्धका सहीदलाई सहीद मानिएको छ । कोही मधेशवादी दलका सहीदलाई सहीद मानिएको छ । तर म भन्छु यो नेपालमा मधेशवादीको जन्म कहिले भयो, माओवादीको जन्म कहिले भयो यीनिहरुको जन्म हुनु अगाडि देशमा प्रजातन्त्र नभएको भए मधेशवादी र माओवादीको जन्म हुन्थ्यो । यहाँ प्रश्न छ ।

नेपालमा प्रजातन्त्र आएर नै यीनिहरुको जन्म भएको हो । र यीनिहरु आज प्रजातान्त्रिक योद्धाहरुलाई नै बिर्सिएका छन् । सहीद र सहीदका परिवारलाई नै बिर्सिएका छन् । हाम्रो पार्टी योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् ।

हामी त्यसको विरोध गर्छौ । तर म त अहिले नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षको हैसियतले नेपाल सरकारसँग र सबै राजनीतिक दलसँग अनुरोध छ भने नेपालमा प्रजातान्त्रिक आन्दोलनमा भएका सहिद र उनका परिवारहरु एवम लोकतान्त्रिक आन्दोलनका जिउदा सहिदहरु जसले आफ्नो अपाङ् शरीर लिएर हिड्न वाध्य छन्, तिनीहरुको लगत सरकारी अस्पतालमा राखियोस । यीनिहरुका बारेमा एउटा बुकलेट तयार होस । पहिचानसहितको एउटा पुस्तक प्रकाशन गर्न सक्यौ भने यो एउटा आधार हुन्छ ।

जो वास्तविक सहीद, उनका परिवार र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्, तीनिहरुले राज्यबाट भरणपोषणका लागि मासिक भत्ता, शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न निकायबाट सुविधाहरु दिलाउन सहज हुनेछ । जागिर पाउनुपर्ने, मासिक भत्ताको व्यवस्था हुनुपर्छ । मेरो कुरा गर्ने हो भने मैंले के पाए र के गुमाए भन्दा मैले आजसम्म गुमाएको मात्र छु । पाएको केही छैन् । ०२९ सालमा नेविसंघको सदस्यता लिएर अहिलेसम्म नेपाली काङ्ग्रेसको सिद्धान्तबाट अलग नभएर झण्डा लिएर हिडेको मान्छेको अवस्था यस्तै छ ।

आजसम्म हेपिएकै छु, पेलिएकै छु । यहाँका सबै प्रजातन्त्र सेनानीहरु उपेक्षित छन्, अपहेलित छन्। म पनि त्यसमै पर्छु । २०४६ देखि अहिलेसम्म मेरो मेरुदण्डमा ६ ठाँउमा दरार छ । बन्दुक, लाठी र बुट बजारिएका डाम आलै छन् । उपचारको लागि प्रत्यक तीन महिनामा भारतको दिल्ली जाने गरेको छु । मलाई अहिलेसम्म कुनै पनि पार्टी र सरकारले एक पैसा सहयोग गरेको छैन् । सतीले सरापेको देशमा जसले राम्रो गर्छ उसलाई राम्रो हुँदैन् ।

अहिले पार्टीहरु वंशवादमा लागेका छन् । जबसम्म यो देशको राजनीतिमा वंशवाद समाप्त हुदैँन् तबसम्म यो लोकतन्त्रमाथि जहिले पनि खतरा भईरहन्छ । अहिले पनि भइरहेको छ र जहिले पनि कालो बादल घुमिरहेको छ । राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकारहरुलाई चेतावनीका साथ भन्दैछु–भोलिका दिनमा लोकतन्त्रमाथि कुनैपनि किसिमको आपत् विपद् आयो भने यही टुटेफुटेका मान्छेहरु वा योद्धाहरु काम लाग्ने छन् । यो कुरा याद राख्नु होला । जबसम्म योद्धाहरुको सम्मान हुँदैन् तबसम्म देशको राजनीति अन्योलमै रहन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...