back

नसर्ने रोगहरूका बारेमा अभियान संचालन

nactional life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्दैछ ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको बीच मन्त्रालयले ‘नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका २०८१’ अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना भर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समुहका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत क्रियाकलापहरु सबै प्रदेश र स्थानीय तह मार्फत संचालन गर्न लागेको जानकारी गराएको हो ।

यस अभियानले नेपालभित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरुको नसर्ने रोग सम्बन्धि अवस्था थाहा पाउन लागत–प्रभावकारी उपायका रुपमा हरेक स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा विद्यमान स्वास्थ्यकर्मी र औषधि– उपकरणहरुको समुचित प्रयोग गरी मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धि रोग एबम शरीरको उचाई र तौलको अनुपात समयमा नै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको छ।

त्यसैगरि यो अभियानले सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरु जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियनत्रण र नुनको अत्याधिक प्रयोगमा कमि ल्याउन मद्दत गर्ने आशा गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाईमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरु, नेपालले विभिन्न समय समयमा गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, चुनौतीहरु र उपलब्ध स्रोतसाधनलाइ आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...