back
skip this gaugauma singhadarbar

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य कानूनहरुको प्रयोग गरी रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताएकी हुन् ।

उनले भनिन्, ‘यो सरकारलाई लोकतन्त्रको सम्झना आए छ । पाँच महिनाको अन्तरालपछि भए पनि संसद खोल्ने जमर्को गरेछ । यो संसद सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको हो की भन्ने गम्भिर प्रश्नहरु बोकेर आएको छ । गत संसदीय निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेलाई राज्यले झुटो अभियोग लगायो ।

संसदलाई फलानो अभियोग दर्ता भएपछि त संसद पद निलम्बन हुन्छ नि भनेर पत्र लेख्यो र संसद सचिवालयले विशेष अधिकारको वास्ता नगरी अन्य कानुनमा टेकेर सासंदको पद निलम्बनको सूचना टाँस नै गर्यो । अन्य कानूनको प्रयोग गरी संसद पद निलम्बन गर्नु कानून विपरित छ त्यसैले सांसद पद फुकुवा गर्न विनम्र आग्रह गर्दछु ।’साथै, उनले कानूनलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग नगर्न समेत आग्रह गरिन् । उनले जहाँ संसद लोकतन्त्रको रक्षक हुनुपथ्र्यो त्यहीबाट अन्यायको समर्थन भएको बताइन् ।

gaugauma singhadarbar

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:५५

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श...

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

वि.सं.२०८२ मंसिर १७ बुधवार १७:५८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:४९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:०६

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान...