back

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन (भ्याकेट) मा जाने जनाउनुभएको छ ।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गर्नुभएको हो ।

“सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ । विविध कारणले कुनै कुनै फैसला त्रुुटीपूूर्ण हुनसक्छन् । फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो । मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुुझ्नेछ र तपाईहरुले न्याय पाउनुहुनेछ ।’’

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित उक्त भेटमा प्रधानमन्त्री ओलीले भन्नुुभयो, “नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो । हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्व लागेका हुनसक्छन् । हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनुुपर्छ । पृष्ठभूमि नै नभएका केही भूइँफुुट्टाहरुले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन् । यसमा हामी सबै सजग हुनुुपर्छ ।”

अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो । सङ्घर्ष समितिले फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पत्तिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरेको छ ।

 


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...