back

सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ शुभारम्भ

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको आज ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवर्कस्’ मा विधिवत् पूजा गरेर ‘वेट टेष्ट’ को औपचारिक सुरुआत गरिएको हो ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धन गरिएको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु भएको हो । ‘वेट टेष्ट’को कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेष्टपछि ‘वेट टेष्ट’ सुरु गरिएको आयोजनाका प्रबन्धक इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । उनले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । परियोजना प्रबन्धक पाण्डेले भने, “आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखि ‘वेट टेष्ट’ सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गर्छौँ ।”

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको पेनस्टक पाइपमार्फत ल्याइएको छ । सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

विद्युत्गृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट ठुलो सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानो सानो पुँजी लगानीले आयोजना निर्माण भएको बताए ।

उनले भने, “आयोजनाको निर्माण सकिएर ‘वेट टेष्ट’ सम्म आइपुग्दा अति नै खुसी भएका छौँ । आयोजना निर्माणमा ठुलो समस्या आएन । यो आयोजना गण्डकी प्रदेशसहित समग्र नेपालको जलविद्युत्का क्षेत्रमा महत्त्वपूर्ण परियोजना बन्नेछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो । सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान हुनेछ ।

 


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...