back
himalayan life

बजेट लथालिंग देशको चाला भताभुंग : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित गरेर बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएकाले मान्य नहुने बताए । विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी पनि गरे ।

‘बजेटजति डडेलधुरा र गोर्खामा रे ! क्रमागत आयोजनाहरु काटिन्छन्, केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित गरिएको छ यो विधि र न्याय स्थापित भएन’, उनले थप भने, ’एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ ।’उनले सरकार र बजेटबाट आशा गर्नु भनेको धतुरो रोपेर स्याउ, सुन्तला फलाउन खोज्नुजस्तै भएको बताए ।

‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन र एउटा भनाई छ–जुनकिरीको पिँधले उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन’, विष्टको भनाइ छ ।

उनले थपे वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने विष्टको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...