back

मङ्कीपक्सः नयाँ नाम किन आवश्यक? के यो रोग ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट’ हो?

nactional life

मङ्कीपक्स रोगको नयाँ नाम राख्न विज्ञहरूसँग मिलेर काम भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ।

गत साता ३० भन्दा बढी वैज्ञानिकहरूले उक्त भाइरस र त्यसले गराउने रोगको “एउटा अविभेदकारी र लाञ्छना नलगाउने” खालको नाम तत्काल आवश्यक भएको औँल्याएका थिए।

निरन्तर रूपमा उक्त भाइरसलाई “अफ्रिकी” भनिनु यथार्थपरक नहुनुका साथै त्यो विभेदकारी समेत भएको उनीहरूको भनाइ थियो।

विगत केही सातामा विश्वभरि १,६०० जनामा उक्त रोग पुष्टि भइसकेको छ।

मङ्कीपक्स पहिल्यै आन्तरिक प्रकोपको रूपमा रहेका देशबाट ७२ जनाको मृत्यु भएको विवरण आएको छ भने उक्त भाइरसबाट प्रभावित भएका यूकेसहित ३२ वटा नयाँ देशमा कसैको पनि मृत्यु भएको छैन।

जुन महिनाको १२ तारिखसम्म इङ्ग्ल्यान्डमा ४५२, स्कटल्यान्डमा १२, नोर्दन आयरल्यान्डमा २ र वेल्समा ४ जना मङ्कीपक्स पुष्टि भएका बिरामी थिए।

नेपालसहित दक्षिण एशियाका कुनै देशमा पनि मङ्कीपक्स फेला परेको पुष्टि भएको छैन।

वर्गीकरण किन आवश्यक
मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न डब्ल्यूएचओले आगामी साता आपत्कालीन बैठक गर्न लागेको छ। त्यस्तो वर्गीकरण संयुक्त राष्ट्रसङ्घले दिने सबैभन्दा ठूलो चेतावनी हो।

यसअघि स्वाइन फ्लू, पोलियो, इबोला, जीका र कोभिड रोगलाई मात्र त्यस्तो वर्गमा राखिएको छ।

“मङ्कीपक्स फैलिनु असामान्य र चिन्ताको विषय हो,” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।

“त्यसैले यो महामारी अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट हो कि हैन भनेर निर्क्योल गर्न अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत मैले आगामी साता आपत्कालीन समितिको बैठक बोलाउने निर्णय गरेको छु,” उनले भने।

मङ्कीपक्स के हो?
मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्।

केही वैज्ञानिकहरूले यो भाइरसको नामकरण एचएमपीएक्सभी (hMPXV) गर्न सुझाव दिएका छन्। तर यसबारे डब्ल्यूएचओले के भन्छ त्यो जान्न केही समय प्रतीक्षा गर्नुपर्छ।

मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ।

यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ।

केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए। ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ।

यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ।

लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...