back

वाईफाई–नेपालको सेवा आरम्भ, ३३३ रुपैयाँमै ३० एमबीपीएस इन्टरनेट

nactional life

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ । हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ ।

वार्षिक प्याकेज लिने ग्राहकले ४ हजार रुपैयाँमा ३० एमबीपीएस र ५ हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ । त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ मात्र पर्नेछ ।

३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सीईओ रितेशराजसिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सिंहको भनाई छ ।

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् । कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपैयाँ मात्र तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । ‘मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि हामीले पछिल्लो एक वर्षदेखि गृहकार्य गरेका छौं,’ सिंहले भने, ‘पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन ।’

‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ सिंहले भने ।
कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पु¥याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...