back

गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

तेहरान। भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन् ।

बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ ।

प्रहरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे । प्रहरीले उनलाई सोमबार नै पक्राउ गरेको छ ।

गोवा घुम्न आएकी पीडित महिलाले प्रहरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आरोपीले बलात्कार गरेका थिए ।

सो घटना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई भारतस्थित बेलायती दूतावासले पनि सहयोग गरेको थियो ।

उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार राति नै आरोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो ।


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...