back
Naima

दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र

खोटाङ। १३ जेठ २०५८ मा लाउडा विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर एमाले र जनमोर्चाका नेता तथा कार्यकर्ताले दिक्तेलमा मसाल जुलुस निकाले । जुलुसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छाका प्रताप राई पनि सहभागी थिए ।

दिक्तेल बजारको त्रिबेणीचोक र हाटडाँडाको बीच बाटैमा पर्छ । लाउडा प्रकरणविरुद्ध उतारिएको मसाल जुलुस त्रिवेणीचोक, जिल्ला प्रहरी कार्यालय अगाडि हुँदै हाटडाँडा पुगेर पुःन त्रिवेणीचोकतर्फ फर्कँदै थियो । जिल्ला प्रहरी कार्यालय अगाडि आइपुगेको जुलुसमाथि प्रहरीले अन्धाधुन्ध गोली चलायो । मसाल जुलुस छिनभरमै तितरवितर भए । ज्यान जोगाउन सबैको भागाभाग भयो ।

अन्धाधुन्ध चलाएको गोलीले लाग्दा दिपनारायण, दिपेन्द्र, विद्यामनी र प्रताप राई घाइते भए । दिपेन्द्रको दुवै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लाग्याे । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । दिपनारायणको खुट्टामा पनि गोलीका डोव देखिन्छ ।

घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । त्यसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । घाइतेमध्ये दिपनारायण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर हुन् । प्रतापको मृत्यु भइसकेको छ । लाउडा बिमान खरिद प्रकरणमा भएको अनियमितताविरुद्ध विरोधमा उत्रिएको जुलुसमाथि गोली चलाइएको त्यही घट्नालाई जिल्लामा दिक्तेल गोलीकाण्डका रूपमा चिन्ने गरिन्छ ।

दिपेन्द्र उपचारका क्रममा ३६ दिन अस्पतालमा बेड भर्ना भए । उपचारकै लागि ६ महिना काठमाडाैं बसे । चोट निको हुन तीन वर्षसम्म अस्पताल धाएर फलोअप र चेकअप गर्नु पर्‍यो । दिपनारायण पनि काठमाडाैमा तीन महिना उपचारमा बसे र निको भएर फर्किएका थिए ।

दिपनारायण र दिपेन्द्रले हरेक वर्षको १३ जेठमा आफू घाइते भएको तस्बिर सामाजिक सञ्जालमा राखेर घट्नाको सम्झना गर्दै न्यायोचित छानबिन नभएको बताउने गरेका छन् । लाउडा प्रकरणमा भएको अनियमितताविरुद्ध आवाज उठाउने क्रममा गोली खाइए पनि दोषीलाई कारबाही नभएकोमा घाइतेहरू असन्तुष्ट छन् । ‘हामीले देश र जनताकै लागि लडेको हो । तर न दोषीलाई कारबाही भयो, न राज्यले हामीलाई क्षतिपूर्ति दियो,’ दिपेन्द्रले भने, ‘पार्टीले पनि हामीजस्तालाई नै अन्याय गरेको छ । अवसर वा लाभका पदमा हामीलाई बिर्सने काम भएको छ ।’

लाउडा प्रकरणमा संलग्न दोषीमाथि कारबाही माग गर्दै आवाज उठाइए, गोली थापिए तर सो प्रकरण क्रमशः सेलाउँदै गयाे । त्यही प्रकरणबाट शरीरभरि गोलीका डोव बोकेर हिँडिरहँदा घाइतेलाई सन्तुष्टि मिल्ने वा गर्व गर्ने ठाउँ प्राप्त नभएको दिपनारायण बताउँछन् । लाउडा प्रकरणका घाइतेलाई माओवादी केन्द्रले २३औं जनयुद्ध दिवसको अवसर पारेर १ फागुन ०७४ मा सम्मान गरेको थियो । त्यो सम्मानबाहेक घाइतेले केही पाएका छैनन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...