back

चुनावी परिणाम अन्तिम चरणमाः ७१५ पालिकाको परिणाम आयो, कुन दल कति स्थानमा विजयी?(विवरणसहित)

काठमाडौँ। स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ । कांग्रेसले विगतभन्दा ४८ स्थानमा बढी जितेको हो ।

त्यस्तैगरि, नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा)ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानमा जितेका छन् । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ ।

अहिलेसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित्न सकेन । त्यस्तै, कांग्रेस दुई र एमाले १० जिल्लामा शून्य भएका छन् । कांग्रेसले पूर्वी रुकुम र दार्चुलाका कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । पूर्वी रुकुमका तीन वटा पालिकामा माओवादी र एमालेले प्रमुख/उपप्रमुख पद जित्दा कांग्रेस बढारिएको छ ।

एमालेले सर्लाही, गोरखा, पूर्वी रुकुम, बाँके, कालीकोट, जुम्ला, रुकुम पश्चिम, मुगु, हुम्ला र डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित हासिल गर्न सकेन । तीमध्ये गोरखा, बाँके, जुम्ला, रुकुम पश्चिम, हुम्ला र डडेलधुराबाट एमाले बढारिएको छ । यी जिल्लामा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा आउन सकेन ।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएनन् । इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रुपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र नील भएको छ ।

त्यस्तैगरि, तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन ।

देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा एक सिट पनि जित्न सकेन । जसपाले महोत्तरीका ५, सिराहाका ४, धनुषा, पर्सा, बारा र सप्तरीका ३–३ र सर्लाहीका २ स्थानीय तहमा प्रमुख जितेको छ भने ओखलढुंगा, सुनसरी, रौतहट, कपिलवस्तु र रुपन्देहीमा १–१ स्थानीय तहको प्रमुख जितेको छ ।

देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । एमाले विभाजन पछि जन्मिएको समाजवादी २५ जिल्लामा सीमित भएको हो । समाजवादीले यीमध्ये इलाम, उदयपुर, सिराहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, सल्यान, डोल्पा, मुगु, बझाङ र कैलाली गरी १४ जिल्लामा मात्रै प्रमुख पदमा जितेको हो ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेको छ । यो पार्टी सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लामा सीमित भएको छ । लोसपाले महोत्तरीमा ५, बारा र सप्तरीमा २–२ र पर्सा, रौतहट, सर्लाही र कपिलवस्तुमा १–१ स्थानीय तह जितेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक, काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज नगरपालिका र झापाको हल्दीवारी गाउँपालिकामा प्रमुख पद जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका टिकापुर नगरपालिकासहित चार स्थानीय तहमा जितेको छ । १० वटाभन्दा धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्थानीय चुनावको परिणामअनुसार सातै प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौथो पार्टी बनेका छन् ।

मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । पोखरामा एकीकृत समाजवादी, भरतपुरमा माओवादी केन्द्र, ललितपुरमा कांग्रेस र वीरगञ्जमा जनता समाजवादी पार्टी फराकिलो मतान्तरसहित अगाडि छन् । ११ उपमहानगरपालिकामध्ये धनगढी, हेटौंडा, बुटवल, नेपालगञ्ज, इटहरी, घोराही, कलैया र जितपुर सिमराको परिणाम आइसकेको छ भने तुलसीपुरमा एमाले, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी र धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता बनाएका छन् ।

निर्वाचन आयोगका अनुसार नतिजा आइसकेकामध्ये धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, हेटौंडामा एकीकृत समाजवादी, बुटवल, नेपालगञ्ज र इटहरीमा कांग्रेसले जितेका छन् भने घोराही र कलैयामा एमाले तथा जितपुर सिमरामा माओवादी केन्द्र निर्वाचित भएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४४

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश...

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...