back

अब ट्विटर चलाउन पैसा तिर्नुपर्ने, कस्ता प्रयोगकर्ताले तिर्नुपर्छ पैसा हेर्नुहोस्

काठमाडौँ । गत हप्ता ट्विटर किनेर विश्वकै धनी व्यक्ति एलन मस्क र ट्विटर कम्पनी चर्चामा आएको थियो। यो हप्ता पनि मस्क र ट्विटर चर्चामा छन् । यस पटक चर्चाको विषय ट्विटर प्रयोगकर्तासँग सम्बन्धित छ।

एलन मस्कले यसलाई खरिद गरेपछि प्रयोगकर्ताले भविष्यमा ट्विटर प्रयोग गर्दा शुल्क तिर्नुपर्ने स्पष्ट पारेका छन् । एलन मस्कले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । यद्यपि, उनले आफ्ना क्याजुअल प्रयोगकर्ताका लागि सधैं झैं निःशुल्क रहने पनि स्पष्ट पारेका छन् ।

एलन मस्कले आफ्नो ट्विटमा भनेका छन्, ‘ट्विटर अनौपचारिक प्रयोगकर्ताका लागि सधैं निःशुल्क हुनेछ। तर व्यावसायिक र सरकारी प्रयोगकर्ताहरूले यसको लागि थोरै शुल्क तिर्नु पर्ने छ।’

ट्विटर खरिद गरेपछि एलन मस्कले यसको व्यवस्थापन पूर्ण रूपमा परिवर्तन गर्न सक्छन्। उनले ट्विटरका वर्तमान सीईओ पराग अग्रवाल र नीति प्रमुख विजया गड्डेलाई निकाल्ने चर्चा चलिरहेको छ । एलन मस्क कम्पनीमा धेरै ठूला परिवर्तनहरू गर्न चाहन्छन् भन्ने धेरै मिडिया रिपोर्टहरूमा खुलासा भएको छ। पराग अग्रवाल र विजया गड्डेलाई हटाउने भनिए पनि अहिलेसम्म यसको पुष्टि भएको छैन।

एलन मस्क लामो समयदेखि ट्विटर किन्न खोज्दै थिए तर उनको कुरा मिलिरहेको थिएन। २५ अप्रिलमा मस्क र ट्विटरबीच एउटा सम्झौता भयो। अन्तत टेस्लाका सीईओ एलन मस्क सफल भए। उनले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । यो सम्झौतापछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने चर्चा चलेको छ । कम्पनीले धेरै नयाँ नीति ल्याउन सक्छ।


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

वि.सं.२०८१ चैत १४ बिहीवार १२:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा...