back

युक्रेन युद्धः पुटिनलाई राष्ट्रसङ्घमा अर्को धक्का, झन्‌झन्‌ एक्लिँदै

काठमाडौं । रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ। त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्।

उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो। तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ।

महासभामा रुसको भिटो लाग्दैन।, रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ। यसैबीच, यूके सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीवार गर्दैछन्। नेटोको आपत्कालीन बैठक तथा जी सेभेन शिखर वार्ताका निम्ति अमेरिकी राष्ट्रपति जो बाइडन ब्रसल्स पुगेका छन्।

ब्रसल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ।

यसअघि यूकेले करिब ४,००० क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।

ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

नेटोको बैठकले पूर्वी युरोपमा थप फौज परिचालनमा सहमति जनाउने ठानिएको छ। जी सेभेन बैठकले चाहिँ पछिल्ला सातामा रुसविरुद्ध घोषणा गरिएका व्यापक आर्थिक प्रतिबन्धहरूको कार्यान्वयनबारे समन्वय गर्नेछ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी राजनीतिज्ञ, सत्तानिकट व्यापारी तथा संस्थामाथि थप कारबाही गरिने पनि बताए। शुक्रवार राष्ट्रपति बाइडन पोल्यान्ड भ्रमणमा जानेछन्।बीबीसी न्युजबाट। 

 


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...