back

युक्रेन युद्धः पुटिनलाई राष्ट्रसङ्घमा अर्को धक्का, झन्‌झन्‌ एक्लिँदै

काठमाडौं । रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ। त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्।

उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो। तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ।

महासभामा रुसको भिटो लाग्दैन।, रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ। यसैबीच, यूके सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीवार गर्दैछन्। नेटोको आपत्कालीन बैठक तथा जी सेभेन शिखर वार्ताका निम्ति अमेरिकी राष्ट्रपति जो बाइडन ब्रसल्स पुगेका छन्।

ब्रसल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ।

यसअघि यूकेले करिब ४,००० क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।

ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

नेटोको बैठकले पूर्वी युरोपमा थप फौज परिचालनमा सहमति जनाउने ठानिएको छ। जी सेभेन बैठकले चाहिँ पछिल्ला सातामा रुसविरुद्ध घोषणा गरिएका व्यापक आर्थिक प्रतिबन्धहरूको कार्यान्वयनबारे समन्वय गर्नेछ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी राजनीतिज्ञ, सत्तानिकट व्यापारी तथा संस्थामाथि थप कारबाही गरिने पनि बताए। शुक्रवार राष्ट्रपति बाइडन पोल्यान्ड भ्रमणमा जानेछन्।बीबीसी न्युजबाट। 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१७

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...