back
himalayan life

रौतहटमा दोहोरो झडप : काँग्रेस नगर सभापति र एमाले वडा अध्यक्षसहित ११ जना पक्राउ

रौतहट –  रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच झडप हुँदा पाँच जना घाइते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव पक्षबीच झडप भएको स्थानिय बासिले जनाएका छन् ।

काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो । झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् । घाइते मध्ये टाउकोमा चोट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।घटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

राम अयोध्या यादव र जगरनाथ यादव पक्ष बीच शनिबार भएको झडपको क्रममा एउटा पक्षबाट केही राउन्ड गोली प्रहार भएको कुरो आएको छ । त्यसबारे हालसम्म पुष्टि नभएको तथा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बीस जना मर्दा देश हल्लिन्छ, ४० हजारको ज्यान जाँदा राज्य निदाउँछ”: पूर्वमन्त्री कल्पना धमला

बीस जना मर्दा देश हल्लिन्छ, ४० हजारको ज्यान जाँदा राज्य निदाउँछ”: पूर्वमन्त्री कल्पना धमला

वि.सं.२०८३ असार १६ मंगलवार १७:२६

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...