back

बाढीले प्रभावित अझै खुलेनन् यी पाँच सडक

काठमाडौँ । कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुलेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् ।

पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन । यी सडक ३७, ४० र ४९ चेनेजमा रहेका छन् । अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर सडकको जालिबगर र नारुगौणा रहेका छन् । धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ ।

पछिल्ला वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेका छैनन् । आसिंक रुपमा मात्रै सञ्चालनमा रहेका सडकमा राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड रहेका छन् ।

२०७८ कात्तिक १५ गते प्रकाशित


७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

७ करोड ६५ लाखको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:००

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै...

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:५५

काठमाडौं। चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९. ८...

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३७

काठमाडौँ  । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:२६

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...

कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन : मा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन : मा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:१६

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी...

नोटमा नयाँ नक्सा राख्ने  विवादले डा. नेपालको जिम्मेवारी खोसियो

नोटमा नयाँ नक्सा राख्ने विवादले डा. नेपालको जिम्मेवारी खोसियो

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको...