back

क्रियाशील सदस्यको टुंगो लगायरमात्रै महाधिवेशनको मिति तय गर्ने पौडेल पक्षको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ २३ मा नहुने निश्चित भएसँगै नयाँ मितिका लागि विवाद सिर्जना भएको छ । नयाँ मिति तय गर्न केन्द्रीय कार्य समिति आज अपरान्ह बैठक बस्दैछ ।

रामचन्द्र पौडेल पक्षका नेताहरूले पहिला क्रियाशिल सदस्यहरुको टुंगो लगाएर मात्रै महाधिवेशन गर्नुपर्ने शर्त राखेका छन् ।

पौडेल पक्षका नेताहरुबीच भएको अनौपचारिक छलफलले क्रियाशील सदस्यता विवाद निरुपण भएपछिमात्र महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि देउवाले मंसिर र पौडेलले असोजमै महाधिवेशन गर्ने भनेका थिए ।

पौडेलको प्रस्तावमा देउवा पक्ष असहमत भए पनि शेखर कोइराला, गगन थापालगायतका नेताहरूको लाइनमा पौडेल पक्ष एकमत देखिएको छ ।

क्रियाशील सदस्यतामा भएको धाँधली र कार्यकर्ताको गुनासो सम्बोधन नगरी महाधिवेशनको मिति तोक्न नहुने कुरा आज बैठकमा उठ्ने भएको छ ।
२०७८ साउन २८ गते प्रकाशित


काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको अध्यक्ष ढकालको  आरोप

बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको अध्यक्ष ढकालको आरोप

वि.सं.२०८१ असोज २१ सोमवार १७:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

४३ वटा म्युचुअल फन्डको वित्तीय रिपोर्ट सार्वजनिक: सेयर बजारमा लगानी घट्यो, कसले कति कमाए ?

४३ वटा म्युचुअल फन्डको वित्तीय रिपोर्ट सार्वजनिक: सेयर बजारमा लगानी घट्यो, कसले कति कमाए ?

वि.सं.२०८१ असोज २० आइतवार १४:१६

काठमाडौं । म्युचुअल फन्डहरुको लागि भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक...

दशैंमा रङ्गीबिरङ्गी चङ्गा उडाउने हैन त !

दशैंमा रङ्गीबिरङ्गी चङ्गा उडाउने हैन त !

वि.सं.२०८१ असोज १९ शनिवार १६:१५

काठमाडौं । आकाश सफा र निलो छ । यो मोहक...

सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव (विचार)

सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव (विचार)

वि.सं.२०८१ असोज १८ शुक्रवार १७:२०

काठमाडौं । गत साता आर्थिक प्रक्षेपण र अवस्थाको मूल्याङ्कनका हिसाबले...