back

एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न

nactional life

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न गरेको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान कार्यक्रममा देशभरका ३५० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको जनाएको छ ।

कार्यक्रममा प्रत्यक्ष बीमा गर्ने क्लब मेम्बर अभिकर्ता तथा आफ्नो मातहतका अभिकर्ता सञ्जालमार्फत व्यापार गरिरहेका उत्कृष्ट एजेन्सी म्यानेजरसहित सन् २०२६ का लागि एमडीआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

कम्पनीले एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) योग्य अभिकर्ताहरूलाई एक–एक थान ल्यापटप, ५० हजार रुपैयाँको चेक तथा ब्लेजर कोट प्रदान गरेको थियो ।

समारोहका अवसरमा देशभरबाट उत्कृष्ट तीन जना क्लब मेम्बर र तीन जना एजेन्सी म्यानेजरलाई विशेष रूपमा सम्मान गरिएको छ । साथै, एक करोड रुपैयाँभन्दा बढी व्यवसाय योगदान गरेकामध्ये सर्वाधिक कारोबार गर्ने तीन जना एजेन्सी म्यानेजरलाई ‘सुपर बिजनेस म्यानेजर’ उपाधिबाट सम्मान गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा कम्पनीका बजार विभाग प्रमुख होमबहादुर श्रेष्ठले अभिकर्तालाई उत्कृष्ट बिक्रेता तथा सफल बीमा अभिकर्ताका रूपमा स्थापित हुन आवश्यक सीप र रणनीतिबारे प्रशिक्षण दिए । यसैगरी, बजार विभाग उपप्रमुख विजय पराजुलीले कम्पनीको लगानी विविधता, विभिन्न तहका क्लब मेम्बर तथा एजेन्सी म्यानेजरका सेवा–सुविधा र प्रोत्साहन व्यवस्थाबारे जानकारी गराए ।सम्मान समारोहसँगै अभिकर्ताहरूको मनोरञ्जनका लागि सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य तथा लोकप्रिय गायक कालीप्रसाद बासकोटाको ब्याण्डसहितको प्रस्तुति पनि गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...