back
himalayan life

दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

इलाम । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अलैँचीले विश्वभरका व्यापारी र खाद्य उद्यमीहरूको ध्यान आकर्षित गरेका छन् ।

शेख जायद रोडको छेउमा रहेको दुबईको मुख्य व्यापारिक केन्द्रमा आयोजित यस एक्सपोमा ताइवानमा आधारित विश्वव्यापी व्यापारिक कम्पनी क्रिक एग्रीकल्चरले इलामको सूर्योदय नगरपालिकामा उत्पादित आफ्ना अर्गानिक उत्पादनहरू प्रदर्शन गरेको हो ।

एक्सपोमा आएका विश्व बजारका प्रतिनिधिहरूले ताइवानी प्रविधि प्रयोग गरी नेपालको माटोमा उत्पादन गरिएको अदुवाको गुणस्तर र नेपाली कृषकहरूले परम्परागत विधिबाट तयार पारेको अलैँचीको अद्वितीय सुगन्धको विषयमा गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् ।

क्रिक एग्रीकल्चरका प्रतिनिधि तथा नेपालको व्यवस्थापन हेरिरहेको आर के एग्रो कम्पनी प्रा. ली. (विराटनगर) का प्रोप्राइटर राम सिटौलाका अनुसार नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारको गुणस्तर मापदण्ड अनुसार तयार पारी यस एक्सपोमा ल्याइएको हो ।

‘विश्वका व्यापारीहरूले नेपालमा ताइवानी प्रविधि र नेपाली श्रमको संयोजनबाट यति उच्च गुणस्तरको उत्पादन भएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसले नेपाली कृषि उत्पादनको निर्यात सम्भावनालाई थप उजागर गरेको छ,’ सिटौलाले भने ।

‘ताइवानमा जरा गाडेको, विश्वका लागि बनेको’ भन्ने नारासहित एसियाबाट उच्च गुणस्तरका कृषि उत्पादनहरू प्रवद्र्धन गर्ने उद्देश्यले कार्यरत क्रिक एग्रीकल्चरले नेपालमा अदुवाको पाइलट परियोजना सञ्चालन गरिरहेको छ ।

गत वर्षदेखि इलामको सूर्योदय नगरपालिका वडा नं. ८ मा ताइवानबाट ल्याइएको उन्नत अदुवाको बीउ प्रयोग गरी उत्पादनको थालनी गरिएको थियो ।

यस परियोजनाले आशातीत सफलता हात पारेको छ । ताइवानमा सामान्यतः १ मन बीउबाट ३० मनसम्म उत्पादन हुने सो अदुवा नेपालको माटोमा पनि १ मन बीउबाट २० मनको हाराहारीमा उत्पादन भएको कम्पनीको अनुमान छ । नेपालको परम्परागत खेती प्रणालीको तुलनामा यो उत्पादन दर निकै उच्च हो ।

कम्पनीका अनुसार, यो वर्षदेखि अर्गानिक अदुवाको बीउ उत्पादनमा समेत काम गर्न सुरु गरिएको छ । यो कदमले उच्च गुणस्तरको बीउ आयातमाथिको निर्भरता घटाउने र स्थानीय किसानहरूलाई फाइदा पु¥याउने विश्वास लिइएको छ ।

यस अन्तर्राष्ट्रिय सफलताबाट स्थानीय निकाय र जनप्रतिनिधिहरू पनि उत्साहित बनेका छन् । सूर्योदय नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जंगबहादुर गुरुङ्गले इलामको उत्पादनलाई विश्वव्यापी मञ्चमा पु¥याउने यस प्रयासको सराहना गरे ।

‘इलामको उत्पादनले विश्व बजारमा आफ्नो पहिचान बनाउनु हाम्रा लागि गर्वको विषय हो । कम्पनीको पाइलट परियोजनामा वडाले समेत नजिकबाट अनुगमन, मूल्याङ्कन र आवश्यक सहजीकरण गरिरहेको छ । यस्ता परियोजनाले स्थानीय किसानको आर्थिक अवस्था सुधार गर्न र रोजगारी सिर्जना गर्न मद्दत पुग्छ,’ वडा अध्यक्ष गुरुङ्गले भने ।

इलामको यो सफलताले नेपाली कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रशोधन र प्रवद्र्धन गर्न सकेमा मध्यपूर्व, युरोप र अन्य विकसित बजारमा ठूलो निर्यात क्षमता रहेको प्रमाणित गरेको छ ।

क्रिक एग्रीकल्चर जस्ता कम्पनीहरूले अपनाएको करार खेती र गुणस्तर मापदण्डको प्रणालीले भविष्यमा नेपालको अदुवा, अलैँची, चिया र जडीबुटीहरूलाई विश्व बजारमा स्थापित गर्न महत्त्वपूर्ण आधार तयार पार्ने देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...