back
himalayan life

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर अस्पतालले आज सामाजिक परीक्षण अन्तर्गत  आमभेला कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको समन्वयमा अस्पतालको समाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशसभासदस्य सुरेश श्रेष्ठले प्रदेश अस्पतालहरु मध्ये देशकै पहिलो र उत्कृष्ट अस्पताल वनाइराख्न अस्पताल प्रशासन, विकास समिति,चिकित्सक तथा कर्माचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । श्रेष्ठले देशै भरका सरकारी अस्पतालमा सरसफाइको समस्या रहेको औंल्याँदै भने, यो समस्यालाई बेलैमा सम्बोधन गर्न भक्तपुर अस्पतालले बिशेष ध्यान दिनुपर्दछ ।

स्वास्थ्य बीमाका कारण भक्तपुर अस्पतालमा विरामीको चाप बढेको बताउँदै श्रेष्ठले भने, स्वास्थ्य विमालाई व्यवस्थित गरि नियमित औषधी वितरणमा प्रशासनको भूमिका महत्वपूर्ण रहने भएकाले अस्पतालले यस्तो सम्बेदनशिल बिषयमा ध्यान दिनु पर्दछ ।

तीन महिना भित्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुने भन्दै उनले एमआरआई र रोवट प्रविधिवाट उपचार गर्ने प्रविधिसहितको सेवा दिन बागमति प्रदेश सरकारलाई स्वास्थ्य मन्त्री मार्फत आग्रह गरिसकेको छौं ।संघिय स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत भक्तपुर अस्पतालमा डाइलाइसिस मेसिन खरिद गर्न पहल गरिरहेको बताउँदै उनले भक्तपुर अस्पतालमा भवन अभावकै कारण सोचे अनूरुपको सेवा प्रदान गर्न नसकेको बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले समाजिक परीक्षणमा अस्पतालले दिने सेवा प्रवाहमा भन्दा पनि कति मानिसहरुले स्वास्थ्य लाभ लिन सके त्यो महत्वपूर्ण पाटो रहेको बताए । उनले भक्तपुर अस्पतालले सेवा बृद्धि भन्दा पनि भएका सेवालाई गुणस्तरीयतामा रुपान्तरण गर्न जोड दिए ।

कार्यक्रममा अस्पतालका निमित्त निर्देशक सुरेन्द्र भट्टले अस्पतालले दिएका सेवा र सुविधा तथा अस्पतालको वर्तमान अवस्थाको विषयमा जानकारी दिएका थिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष मनोज थापाले उपोभोक्ता अदालत गठन भइसकेकाले विभिन्न सेवामा ठगिएका उपभोक्तले उजुरी दिने व्यवस्था रहेको बताए । उनले भक्तपुर अस्पतालमा स्वास्थ्य बाट बीमा सम्बन्धि धेरै उपभोक्ताहरुको गुनासो रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले विगदेखि नै अस्पतालको हरेक गतिबिधिबारे जानकार रहेको बताउँदै अस्पताललाई एक नम्बर बनाइराख्न अस्पतालका हरेक तहको महत्वपूण भूमिका रहेको बताए ।

कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष सु्न्दर शिल्पकारले अस्तालका नर्स तथा चिकित्सक र कर्माचारीहरुले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर अस्पतालका अध्यक्ष शशिजंग थापाले आम भेलामा उठेका जिज्ञासाको विषयमा सम्वोधन गर्ने अस्पतालले सरसफाईमा विषेश ध्यान दिएको, अस्पतालमा आएका सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिएको, विभिन्न विभागमा विशेषिकृत सेवा दिएको, स्वास्थ्य बीमाबाट  दिने सेवालाई अझ परिष्कृत गरेको बताए । उनले आगामी दिनमा गुनासो आउन नदिने वातावरण तयारी गरिएको बताउँदै फेरी पनि अस्पताल पहिलो स्थानमै चयन हुने गरिनै काम गरिरहेको दावी गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...