भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने
वि.सं.२०८१ जेठ १६ बुधवार
काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ । सभा आगामी जेठ ३२ गते भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे बोलाएको छ ।
सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित समय : १३:०१ बजे






















