back

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

पनौती । नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ आँै राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ ।

रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप व्यवस्थित र अनुदानमुखीभन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए ।

वर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र व्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी व्यवसायको अवस्था, कृषक र व्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरु अमरबहादुर कुँवर, सुमित केडिया लगायतका व्यक्तिहरुले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए ।

सोहि अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...