back
skip this gaugauma singhadarbar

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद अन्तर्गतको ‘परम्परागत सीपमा आधारित युवा सञ्जाल’ को अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ । शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो ।

नयाँ कार्य समितिमाअध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास, सह कोषाध्यक्षमा बिक्रम लकान्द्री सहित १६ जना सदस्यमा छनौट भएका छन् । सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वति भट्टराई छनौट भएका छन् ।


युवा सञ्जालमा छनौट हुने सबैलाई शुभकामना दिदै राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायमा संलग्न सबैलाई एकजुट भएर आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित गरे । देशभरिका युवालाई उद्धमशिलतामा लाग्दै सम्बृद्धि र देश विकासमा लाग्न आव्हान गरे ।

नव निर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँग पहुँच पुर्याउन गर्नु भएको सहकार्यप्रति आभार व्यक्त गर्दै युवा परिषदका उपाध्यक्ष बस्नेतलाई आभार व्यक्त गरे ।

राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो ।

कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई अगाडी सारेको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

gaugauma singhadarbar

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:४१

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको...

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त

वि.सं.२०८२ मंसिर १६ मंगलवार १२:१०

काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीको अध्यक्षमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त...

सीईओ डिसीईओ पक्राउ परेपछि प्रभु बैंकको कामु सीईओ बने लम्साल

सीईओ डिसीईओ पक्राउ परेपछि प्रभु बैंकको कामु सीईओ बने लम्साल

वि.सं.२०८२ मंसिर १५ सोमवार ०९:४९

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त...

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त

वि.सं.२०८२ मंसिर ९ मंगलवार ११:०३

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब...

खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

वि.सं.२०८२ मंसिर ७ आइतवार २०:१४

काठमाडौं । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई...

एनआइसी एशिया बैंकको कम्पनी सचिवमा खड्का नियुक्त

एनआइसी एशिया बैंकको कम्पनी सचिवमा खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:३२

काठमाडौं । एनआइसी एशिया बैंकको कम्पनी सचिवमा कमल खड्‌का नियुक्त...