back

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो ।

राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो ।

कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।  

स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पु¥याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पु¥याउँछ ।’


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

वि.सं.२०८२ असार ३१ मंगलवार १७:१३

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१४

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा...

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:४३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र...

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:५४

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले पद...