back
himalayan life

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो ।

राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो ।

कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।  

स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशिलताको प्रवद्र्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधिन आत्मनिर्भर, उन्नतशील, समुन्नत र सम्बृद्धि अर्थतन्त्र निर्माणका लागि पु¥याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरु सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशिलतामा सक्रि युवाहरुलाई थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पु¥याउँछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...