back

कोषलाई बलियो बनाएको दाबी गर्दै फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि अहिलेका कोषाध्यक्ष दिपेन्द्र पोख्रेलले महासचिवमा उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष हुँदा राम्रो काम गरेको भन्दै उनले आफ्ना कामबारे सम्पूर्ण मतदाता तथा शुभचिन्तकसँग स्पष्ट पारिसकेका छन् । उनले क्यानडा/युएस्ए डिपार्टमेन्ट प्रमुख भएर कामसेमत गरिसकेका छन् । उनले फेकन अक्षय कोष निर्माण गरेका छन् । आफू कोषाध्यक्ष भएर आउँदा घाटामा रहेको संस्थालाई नाफामा लगेको उनको दाबी छ । अहिले फेकनमा फेकन अक्षय कोष भनेर प्राइम कमर्सिएल बैंकमा स्थापना गरिएको छ । उनले गत निर्वाचनमा आफूले गरेका प्रतिबद्धता पूरा गरेको बताएका छन् । आफूले गर्छु भने अनुसार नै फेकनका सम्पूर्ण सदस्यहरुको स्वास्थ्य जीवन वीमा गरिएको उनले जनाएका छन् ।

उनले शैक्षिक कर्जालाई प्राइम बैंकसँग सहकार्य गर्दै सहजीकरण गरिएको, आर्थिक पारदर्शिता कायम गरिएको, आर्थिक प्रणाली एकाउन्ट सप्फटवेरमा राखिँदै डिजिटलाईज गरिएको, प्रत्येक सदस्यले चाहेको समयमा प्रत्येक महिनाको अन्तिममा सम्पूर्ण आय–व्यय हेर्न सक्ने बनाइएको, उठ्न बाँकी पैसा उठाउँदै गरिएको जनाएका छन् । त्यस्तै उनले आफूहरुको यही कार्यकालमा लगभग १ करोड ९० लाख रुपैंयाँ हाराहारीका कार्यक्रम गरिएको स्पष्ट पारेका छन् । ती सबै कार्यक्रम भव्य भएको उनको दाबी छ । उनले कुनै पनि विभाग तथा समितिले गरेका कार्यक्रमहरुमा कहिल्यै पनि आर्थिक अभाव हुन नदिनु पनि आफ्नो उपलब्धी भनेर व्याख्या गरेका छन् ।

उनले गत निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप नेपाल ल्याबमा फेकन सदस्यहरुको लागि निःशुल्क होलबडी चेकअप र सिद्धि पोलिक्लिनिकमा प्रिभिलेज चेकअपको व्यवस्था गरिएको छ ।

फेकनले प्रदेश तथा जिल्ला समितिलाई इतिहासमै पहिलो पटक आर्थिक सहयोग गरिएको पनि उनले जनाएका छन् । जसका कारण ती विभाग तथा समिति बलियो भएको र काम गर्न सजिलो भएको कुरा उनले सबैमाझ स्पष्ट पारेका छन् । फेकनले सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितको लागि प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैंयाँ सहयोग पनि गरेको छ । बिपत्तिमा परेका सदस्यहरुलाई आर्थिक सहयोग गरिएको भन्दै उनले आफूले सुरु गरेका कामले निरन्तरता पाउँदा संस्था र सदस्यहरुको हित हुने विश्वास व्यक्त गरे ।
उनले क्यानडा र युएस्एको विश्वविद्यालय/कलेजहरुसँग तीन-तीनपटक एजेन्ट–सेमिनार गराउन सफल भएको पनि सबैमा जानकारी भइसकेको जनाएका छन् ।

महासचिव भइसकेपछिका योजनाहरु के–के ?
उनले महासचिवमा निर्वाचित भएपछि गर्ने काम पनि सार्वजनिक गरेका छन् । उनले संगठन निर्माण गर्दै यसको चुस्त–दुरुस्त व्यवस्थापन कार्यमा दत्तचित्त भएर लाग्ने बताएका छन् । हाल रहेका केन्द्र र प्रदेशका सम्पूर्ण समितिलाई चलायमान बनाउने, थप प्रदेश–जिल्ला समितिहरू निर्माण गर्ने, विभिन्न विभागका गतिविधिलाई थप सक्रिय बनाउने, आफूहरुको जस्तै अन्य संघ संगठनसँग समन्वय गरेर साझा मुद्यामा अघि बढ्ने, महासचिवको सचिवालयलाई सदस्यमैत्री र प्रभावकारी बनाईने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सरोकारवालाहरुसँग प्रभावकारी तथा सुमधुर सम्बन्ध कायम गर्ने, फेकन शैक्षिक मेला आयोजना गर्ने, नेपाल सरकारबाट दिईने स्विकृति प्रक्रियामा समन्वयका लागि विशेष पहल गर्ने, पक्षपातरहित ढंगले सबैलाई समान व्यवहार गर्र्दै समान अवसर प्रदान गर्नेलगायतका योजना अघि सारेका छन् ।

शनिबार हुने निर्वाचनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचनमा २ सय ६२ मतदाता रहेका छन् ।


नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

वि.सं.२०८२ जेठ ३ शनिवार २०:२६

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र...

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:२९

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता...