back
himalayan life

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । निषेधाज्ञाले उडान बन्दभएपछि आजसम्म ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो ।

शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।
कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुगाउने गरिन्छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...