संयुक्त राष्ट्र संघका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित
वि.सं.२०८० पुस २७ शुक्रवार
काठमाडौँ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी संगठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोधनिर्वाचित गरेको हो ।
बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमाविश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।
नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त संगठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूतनिर्वाचित भएको पहिलो अवसर हो ।
यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक पहल गरेका थिए । उनको पहल कदमीले सार्थकता पाउँदै विश्व व्यापार संगठनकोमहत्त्वपूर्ण पदको नेतृत्व गर्न नेपाल सफल भएको हो ।
राजदूत सुवेदीले उक्त पदमा उम्मेदवारीका लागि इच्छा व्यक्त गर्दा नै आफू सहमतिको अध्यक्ष हुन चाहेको बताएका थिए ।
सबैको समर्थन र सदभाव लिई विश्व व्यापार संगठनको कार्यमा योगदान दिन उक्त जिम्मेवारी लिन तयार रहेको उनले बताएका थिए ।उक्त विचारबारे समूह संयोजक फिलिपिन्सका राजदूतले खुलेर प्रशंसा समेत गरेका थिए ।
विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफल तथा बहसहरू विकास रव्यापारमा केन्द्रित हुने गरेका छन् ।
विशेषगरी अतिकम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता विकास र व्यापारमा केन्द्रित रहने गरेका छन् । राजदूतसुवेदीले यस महत्त्वपूर्ण पदमा भएको निर्वाचनले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा भिजिवल बनाउनुका अतिरिक्त विकसित, विकासशील र अतिकम विकसित मुलुक र विकास साझेदारहरूलाई संयोजन गर्ने अवसर प्राप्त भएको बताए ।
नेपाल लगायत अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेका सदस्यहरूले विश्व व्यापार संगठनमा हाल पाइरहेकासहुलियतका प्रावधानहरु निरन्तरताको लागि वार्ता तथा छलफल भइरहेका छन् ।
यसलाई सहजिकरण गर्न एवम् नेपालको कूटनीतिक, आर्थिक तथा व्यापारिक हित प्रवर्द्धन गर्नका लागि यो अवसर महत्त्वपूर्ण हुने उनले बताए ।

प्रकाशित समय : २१:०४ बजे






















