back

वायु र सौर्य उर्जाले विश्वको १० प्रतिशत बिजुली आपूर्ति गर्ने

nactional life

काठमाडौ । वायु र सौर्य ऊर्जाले सन् २०२१ मा विश्वव्यापी बिजुलीको १० प्रतिशत उत्पादन गरेको नयाँ विश्लेषणले देखाएको छ ।एम्बर, जलवायु र ऊर्जा थिंक ट्याङ्कको अनुसन्धान अनुसार ५० वटा देशहरूले वायु र सौर्य स्रोतमार्फत १० प्रतिशत ऊर्जा प्राप्त गर्छ ।

सन् २०२१ मा कोविड–१९ महामारीबाट विश्वका अर्थतन्त्रहरू पुनरुत्थान हुँदा ऊर्जाको माग बढेको छ । विद्युतको माग रेकर्ड गतिमा बढेको छ । सन् १९८५ पछि कोइलाको माग सर्वाधिक छिटो गतिमा बढ्यो ।

सौर्य र वायुलगायत अन्य स्वच्छ स्रोतहरूले सन् २०२१ मा विश्वको ३८ प्रतिशत बिजुली उत्पादन गरे । पहिलो पटक हावा टर्बाइन र सौर्य प्यानलले कूल १० प्रतिशत उत्पादन गरे । सन् २०१५ मा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर भएपछि हावा र सूर्यबाट दोब्बर ऊर्जा प्राप्त भएको छ ।

हावा र सौर्यमा सबैभन्दा छिटो स्विचिङ नेदरल्याण्ड, अष्ट्रेलिया र भियतनाममा भएको थियो । यी तीनैले पछिल्लो दुई वर्षमा आफ्नो बिजुलीको मागको दसौँ हिस्सा जीवाश्म इन्धनमार्फत् हरित स्रोतमा स्थान्तान्तरण गरेको छ ।

भियतनामले पनि सौर्य ऊर्जामा शानदार वृद्धि देख्यो । यहाँ एक वर्षमा ३०० प्रतिशतको वृद्धि देखिएको छ । डेनमार्कजस्ता केही देशहरुले आफ्नो बिजुलीको ५० प्रतिशतभन्दा बढी हावा र सौर्य ऊर्जाबाट प्राप्त गर्ने तथ्यका बावजुद काइला ऊर्जामा पनि सन् २०२१ मा उल्लेखनीय वृद्धि देखियो ।

सन् २०२१ मा बिजुलीको बढेको मागको ठूलो हिस्सा जीवाश्म इन्धनले पूरा गरेको थियो जसमा कोइलाबाट चल्ने बिजुली ९ प्रतिशतले बढेको थियो, जुन सन् १९८५ पछिको सबैभन्दा छिटो दर हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...